महासमिति बैठक दुई साता पछि सार्ने कांग्रेसको निर्णय « Khabarhub

महासमिति बैठक दुई साता पछि सार्ने कांग्रेसको निर्णय


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले महासमिति बैठकको मिति दुई साता पछि सार्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकले मंसिर १३ देखि १५ गतेसम्म निर्धारित महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । तत्कालै हलको अभाव र भूकम्पका कारण तिहारअगाडिका सबै कार्यक्रम रोकिएपछि महासमिति बैठकको तयारीका थुप्रै काम प्रभावित भएकाले बैठक सारिएको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।

बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भएको क्षतिलाई गम्भीर र दुःखद घटनाका रुपमा लिँदै प्रभावितलाई तत्काल उद्धार, राहत र पुनर्स्थापनाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उनले बताए ।

त्यस्तै बैठकले राहत वितरणमा अनियमितता र पक्षपात हुन नदिन महामन्त्रीद्वयको संयोजकत्वमा अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने निर्णय गरेको छ । समितिले स्थल अनुगमनदेखि सबै सामग्री परिचालन, राज्य संयन्त्र परिचालन, पार्टी परिचालनको बीचमा भएका सबैको अनुगमन र सहजीकरण गर्ने विश्वकर्माले जानकारी दिए ।

बैठकले पार्टीको विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्नका लागि अपिल गर्न निर्णय गरेको छ । अपिल गरेसंगै कांग्रेस नेता जिप छिरिङ लामाले ११ लाख र दिव्यमणि राज भण्डारीले पाँच लाख दिने निर्णय गरेको विश्वकर्माले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ५ : २१ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको