विपद्को सूचना सम्प्रेषणमा संवेदनशील बन्न प्रेस काउन्सिलको आग्रह « Khabarhub

विपद्को सूचना सम्प्रेषणमा संवेदनशील बन्न प्रेस काउन्सिलको आग्रह


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रेस काउन्सिल नेपालले प्राकृतिक विपदका समयमा गरिने सूचना सम्प्रेषण संवेदनशील प्रकृतिको हुने भएकाले गलत सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।

युट्युबलगायत सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यमबाट जाजरकोट भूकम्पका विभत्स दृश्य तथा तस्बिरसहितका सन्देश पुष्टि नगरिकन प्रवाह भएको पाइएकाले काउन्सिलले ध्यानाकर्षण भएको जनाएको हो ।

काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा ‘को पहिला हुने’ भन्ने होडबाजीमा आधिकारिक तथ्य पुष्टि नगरिकन मानवीय संवेदनामा खलल पुग्ने र विपत्ति वा शोकमा परेका व्यक्ति र आफन्तजनमा थप पीडा पुग्ने गरी मृतक तथा घाइतेको विभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न, नगराउन भनिएको छ ।

‘मृतक एवं घाइतेको विवरण प्रस्तुत गर्दा संवेदनशील भई गोपनियताको सम्मान गर्न आम सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, युट्युबलगायत सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोट रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर गएको छ दशमलव चार म्यागनिच्युडको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति काउन्सिलले दुःख व्यक्त पनि गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ५ : २७ बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको