भरतपुर महानगरले भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने | Khabarhub Khabarhub

भरतपुर महानगरले भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भरतपुर- भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आज बसेको ८७औं कार्यपालिका बैठकले १ करोड सहयोग गर्ने निर्णय गरेको गरेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिए ।

भूकम्प प्रभावित क्षेत्रमा खोज,उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माणलगायतका कार्यमा सहयोग पुर्‍याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने भएको हो ।

जम्मा हुने सहयोग जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ६ : २७ बजे

सर्वोच्चमा सिफारिस गरिएका तीन न्यायाधीशविरूद्ध समितिमा उजुरी

काठमाडौं – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका ६ जना मध्ये

पृथ्वीराजमार्गको पूर्वी सडकखण्डको आँबुखैरेनीमा कालोपत्र सुरु

तनहुँ- पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक(पूर्वीखण्ड)अन्तर्गत आँबुखैरेनी गाउँपालिकाचोकदेखि मार्कीचोकसम्म सडकखण्डमा कालोपत्रको काम सुरु

सुरुवाती तीन दिनमा ठूलो व्यापार गर्ने हिन्दी फिल्म

काठमाडौं– बलिउड ‘स्टार’ कलाकारका लागि यो वर्ष सुखद रह्यो ।

नेपालमा दलित समुदायको संख्या १३.४ प्रतिशत

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा दलित समुदायको संख्या १३ दशमलव

रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाउन रुससँग सरकारको आग्रह

काठमाडौं – नेपालले रुस–युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव