एक अर्काविरुद्ध गालीगलौज गर्ने प्रवृत्तिले कांग्रेस कमजोर भयो : सहमहामन्त्री आङ्देम्बे « Khabarhub

एक अर्काविरुद्ध गालीगलौज गर्ने प्रवृत्तिले कांग्रेस कमजोर भयो : सहमहामन्त्री आङ्देम्बे


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसभित्र आन्तरिक रुपमा एकले अर्कालाई गाली गर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ प्रदेशसभा ‘क’ को दधिकोटमा आज आयोजना गरिएको प्रथम सम्मेलनको उद्घाटन गर्दै उनले पार्टीभित्र उत्पन्न विभिन्न गुटउपगुटका कारण पार्टी कमजोर भएको बताए ।

उनले भने, “एकले अर्कोलाई गाली गर्ने प्रवृत्तिले इमान्दार कार्यकर्ताको भावनामा ठेस पुग्दा पार्टी कमजोर भएकाले यस्ता गतिविधि रोक्नुनुपर्छ ।” नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, केन्द्रीय सदस्य रमा कोइराला पौडेलले पार्टी विधानसम्मत् रुपमा चल्न सके सबै समस्या समाधान हुने औँल्याए ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले नयाँ पार्टीले चाहेर पनि कांग्रेसको इतिहास मेटाउने नसक्ने बताए । नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले एकअर्कालाई गालीगलौज गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका सूर्यविनायक नगर सभापति निशान ढुङ्गेल, भक्तपुर क्षेत्र नं २ प्रदेश सभा ख का सभापति ओमप्रकाश श्रेष्ठ, भक्तपुर क्षेत्र नं २ का सभापति भेषबहादुर कार्की, क्षेत्र नं १ का सभापति जीवन खत्री, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताए । त्यस अवसरमा कांग्रेसका पुराना नेता तथा कार्यकर्तालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : १० बजे

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बाँके– ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ बस्ने २५

सांसदहरूलाई ओलीले भने- जनताको आवाज सशक्त रूपमा संसद्‍मा उठाउनुस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १०

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, दश उद्योगको लाइन काटियो

काठमाडौं– औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म

अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा पाँच जनाको मृत्यु, १४ बेपत्ता

काबुल– पश्चिमी अफगानिस्तानको निमरोज प्रान्तस्थित मरुभूमि हुँदै इरान प्रवेश गर्ने