गणित र विज्ञानमा महिलालाई आकर्षित गर्न सम्मेलन « Khabarhub

गणित र विज्ञानमा महिलालाई आकर्षित गर्न सम्मेलन


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गणित विषयका ज्ञान आदान–प्रदान गर्ने र सो विषयमा महिलाको आकर्षण बढाउने उद्देश्यले काठमाडौँमा आयोजित तीनदिने सम्मेलन आज सम्पन्न भएको छ । गणित विज्ञानमा नेपाली महिला नामक संस्थाको आयोजनामा भएको सम्मेलनमा भारत, पाकिस्तान, अमेरिका, फ्रान्स र नेपालका गरी ५८ जना महिला गणित शिक्षक एवं विद्यार्थीको सहभागिता थियो ।

सम्मेलनमा गणितका विविध पक्षलाई समेटेर ३९ वटा कार्यपत्र प्रस्तुत भएको संस्थाका कार्यसमिति सदस्य सुस्मिता पाठकले जानकारी दिइन् । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा हीराबहादुर महर्जनले नेपालमा गणित विषयप्रति देखिएको निराशाले शैक्षिक उन्नयनमा क्षति पुर्‍याउने भएकाले समयमै राज्यको ध्यान जानुपर्ने बताए ।

माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजाले पनि गणित शिक्षामा आकर्षण घटेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा हुने यस्ता सम्मेलनले गणितप्रति आकर्षण बढाउने विश्वास व्यक्त गरे । सम्मेलन आयोजक संस्थाका अध्यक्ष सहप्राध्यापक धनकुमारी थापाले गणित विषयमा महिलालाई आकर्षित गर्न र गणित विषय सिक्ने–सिकाउने सिलसिलामा विश्वमा विकास भएका नवीन पद्धतिबारे जानकारी गराउन सम्मेलन आयोजना गरिएको बताइन् ।

गणित विषयका शिक्षकहरू संस्थागतरुपमा एकताबद्ध हुँदा अनुभव आदान–प्रदान हुने र विश्वमा भएका विकासबारे जानकारी हुने अध्यक्ष थापाले बताइन् । आगामी दिनमा गणित विषयमा महिलालाई आकर्षित गर्न विभिन्न कार्यक्रम गर्ने संस्थाको योजना रहेको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : १८ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा