अमेरिकाको औपचारिक भ्रमण पूरा गरी परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता | Khabarhub Khabarhub

अमेरिकाको औपचारिक भ्रमण पूरा गरी परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री एनपी साउद स्वदेश फर्केका छन् ।

अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिन्केनको निमन्त्रणामा मन्त्री साउद वासिङटन गएका थिए । उनी आइतबार साँझ स्वदेश फर्केका हुन् । अमेरिकामा रहँदा उनले अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

अमेरिका भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी जे ब्लिन्केनसँग वासिङ्टन डीसीमा भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा अमेरिकी समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिएको, मुलुकको आर्थिक विकासका लागि छलफल भएको उनले जानकारी दिए । त्यस्तै एमसीसी कार्यान्वयनमा दुबै टोलीले जोड दिएको उनले बताए ।

साउद नेतृत्वको प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीहरुका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष रहेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : ३६ बजे

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट

ठगी गरेको आरोपमा पोखराका वडा सदस्यसहित ४ जना पक्राउ

कास्की – पोखरामा ठगीसम्बन्धी मुद्दामा वडा सदस्यसहित चार जना पक्राउ

शाहरुखले तोडे प्रभासको कीर्तिमान

नयाँ दिल्ली – शाहरुख खानको फिल्म डंकीको ट्रेलर ५ डिसेम्बरमा

आन्तरिक राजस्व विभागले भन्यो– ‘स्वदेशी आलु र प्याजमा भ्याट लाग्दैन’

काठमाडौं – आन्तरिक राजस्व विभागले स्देशमै उत्पादन भएका आलु, प्याजलगायत

सन् २०३० मा भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

नयाँ दिल्ली- भारत सन् २०३० मा विश्वको तेस्रो ठूलो अर्थतन्त्र