नक्कली कागजात बनाउने गिरोह सार्वजनिक « Khabarhub

नक्कली कागजात बनाउने गिरोह सार्वजनिक


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विदेश जान आवश्यक पर्ने श्रम स्वीकृति लगायतका नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका चार जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुलाई टोखा र स्वयम्भूमा सञ्चालित कारखानामा छापा मारी पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।

नवलपुर मध्यविन्दु नगरपालिका–५ घर भएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखा सिरान चोक गाउँपालिका–८ घर भई हाल टोखा बस्ने ३४ वर्षीय भक्तबहादुर थापा, काठमाडौँ महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय दीपक केसी र सल्यान रामपुर कालिमाटी गाउँपालिका–३ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–इचङ्गुनारायण बस्ने ४२ वर्षीय बलबहादुर रावत रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीले जानकारी दिए ।

नायब उपरीक्षक पन्थीका अनुसार विदेश जान लागेका व्यक्तिका कागजात शङ्कास्पद रहेको भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कात्तिक १२ गते पठाइएका कागजातमध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृति नक्कली देखिएकामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको थियो ।

हालसम्म नौ जनालाई प्रहरीले पक्राउ गरेको जानकारी पनि दिइएको छ । उनीहरूमध्ये सल्यान घर भएका बलबहादुर रावतले टोखामा फ्ल्याट भाडामा लिएर कारखाना सञ्चालन गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रवक्ता रेग्मीका अनुसार स्वयम्भूमा दीपक केसीले प्लसटुको नक्कली कागजात बनाउने कारखाना नै सञ्चालन गरेका थिए । उनीहरुले प्रहरी रिपोर्ट, श्रम स्वीकृति, प्लसटुको सर्टिफिकेट र नाता प्रमाणित पनि नक्कली बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको प्रवक्ता रेग्मीले बताए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक पन्थी नेतृत्वको टोलीले लामो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको बताइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : ३९ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल