विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक १९,२०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर ५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

चीनसँग रचनात्मक काम गर्ने अस्ट्रेलियाली प्रधानमन्त्रीको भनाइ

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले चीनसँग ‘रचनात्मक काम गर्ने’ बताएका छन् । आफ्नो मुलुकको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनको उच्चस्तरीय भ्रमणको पहिलो दिन आइतबार साङ्घाईमा चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो (सीआईआईई) को उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

“मुलुकहरूबीचको रचनात्मक आर्थिक संलग्नताले सम्बन्ध निर्माण गर्न सहयोग गर्छ, यसैले मैले नेतृत्व गरेको सरकारले चीनसँग रचनात्मक रूपमा काम गरिरहनेछ”, अल्बानिजले आफ्नो सम्बोधनमा भने ।

उनले साङ्घाई र बेइजिङमा चार दिन बिताउनेछन् । दुवै मुलुकबीचको अर्बौँ डलरको व्यापारलाई असर गर्ने गरी भएको कूटनीतिक विवादपछि सम्बन्धलाई सुधार गर्ने प्रयास भइरहेको बेला कुनै पनि अस्ट्रेलियाली नेताको यो भ्रमण पछिल्लो सात वर्षमा पहिलो हो ।

अल्बानिज सरकारले प्रशान्त क्षेत्रमा बेइजिङको बढ्दो प्रभावविरुद्ध दबाब दिँदै चीनसँग थप सौहार्दपूर्ण सम्बन्ध खोजेको छ । आइतबार प्रधानमन्त्री अल्बानिजले भने, “एसिया प्रशान्त क्षेत्रको विकास यस्तो लेन्स हो जसको माध्यमबाट हामी भविष्यका बारेमा धेरै देख्छौँ, चीनसँग अस्ट्रेलियाको सम्बन्ध यी सबैमा एउटा महत्वपूर्ण हिस्सा हो ।”

उनले बेइजिङ र क्यानबेराबीच ‘परिक्व सम्बन्ध’ को प्रशंसा गर्दै भने, “यो हाम्रा अर्थतन्त्रहरूको पूरक प्रकृतिसँग उत्साहित छ ।” अल्बानिजले चिनियाँ नेताहरूसँग भेटवार्ता गर्ने र ‘द्विपक्षीय मुद्दाका विषयका साथै साझा चासोका अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मुद्दाहरूमा गहिरो विचार आदानप्रदान गर्ने’ चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

“एउटा स्वस्थ र स्थिर चीन–अस्ट्रेलिया सम्बन्ध दुवै मुलुक र नागरिकको आधारभूत हितअनुरूप छ”, मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने ।

घृणा फैलाउने टिप्पणीले भरियो चीनस्थित इजरायली राजदूतावासको वेइबो अकाउन्ट

इजरायलमाथि हमासको आक्रमणसँगै चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले वेइबोमा रहेको बेइजिङस्थित इजरायली राजदूतावासको अकाउन्टमा घृणायुक्त सन्देश पठाउन थालेका छन् ।

हमासको आक्रमणलगत्तै वेइबोमा इजरायली दूतावासले पोस्ट गरेको थियो । त्यसलगत्तै वेइबोमा इजरायलविरोधी टिप्पणी आउन थालेका थिए ।

केही सामाजिक सञ्जाल प्रयोकर्ताहरुले यहूदीबहुल मुलुक इजरायलमाथि हमासको आक्रमणको प्रसंशा गर्दै जर्मन तानाशाह अडोल्फ हिटलरको समेत स्मरण गरेका थिए । हिटलरले दोस्रो विश्वयुद्धका बेला ६० लाख यहूदीहरुको नरसंहार गरेका थिए ।

राजदूतावाको वेइबो अकाउन्टमा २ करोड ४० लाखभन्दा धेरै फलोअर्सहरु रहेका छन् । राजदूतावासको पोस्टमा टिप्पणी गर्नेमध्ये केहीले आफ्नो डिस्पले पिक्चर परिवर्तन गरी हिटलरको नाजी पार्टीको झण्डा र ‘स्वस्तिक’ छापसमेत राखेको भ्वाइस अफ अमेरिकाले जनाएको छ ।

यद्यपि केहीले भने इजरायली सहनशीलताको प्रसंशा गरेकोसमेत भ्वाइस अफ अमेरिकाले जनाएको छ । यद्यपि अधिकांशले भने घृणा फैलाउने टिप्पणी गरेको जनाइएको छ ।

भारतमा आइफोन १७ बन्ने

भारतमा छिट्टै नै आइफोन १७ बन्ने भएको छ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकका लागि करारमा उपकरणहरू बनाइदिने ताइवानी कम्पनी फक्सकोन, पेगाट्रोन र टाटा ग्रुपको विष्ट्रोन मिलेर छिटोमा सन् २०२४ को पूर्वारद्धदेखि नै आइफोन १७ बनाउन सुरु गर्ने अपेक्षा गरिएको छ ।

एप्पलको नयाँ प्रडक्ट चीनबाहिरबाट आउन लागेको यो पहिलो पटक हुने एप्पलका विश्लेषक मिङ चि कुओले भनेका छन् । यसलाई एप्पलले चीनबाहिर सस्तोमा आइफोन बनाउने नयाँ ठाउँ खोजिरहेको रुपमा हेरिएको छ ।

योसँगै भारत एप्पलका लागि म्यानुफ्याक्चरिङ हबको रुपमा उदाउनेछ । तर आइफोनका प्रो मोडलहरू भने अझै पनि चीनमै बन्ने आशा गरिएको छ । चीन एप्पलको शीर्ष आपूर्तिकर्ता हो ।

सबै प्रक्रियाहरू योजना अनुरूप अगाडि बढे भने आइफोन १७ को एनपीआई सन् २०२४ को दोस्रो अर्ध वार्षिकमा सम्पन्न हुनेछ अनि फोन २०२५ मा रिलिज हुनेछ ।

अहिले विश्वभर निर्यात हुने १२ देखि १४ प्रतिशत आइफोन भारतमा बनेका हुन् । सन् २०२४ सम्ममा यसलाई बढाएर २० देखि २५ प्रतिशतमा पुर्‍याउने एप्पलको लक्ष्य छ ।

सो अवधिसम्म चीनको चङचाउ र ताइयुआनमा रहेको फक्सकोनको कारखानामा आइफोनको उत्पादन क्रमशः ३५ देखि ४५ प्रतिशत र ७५ देखि ८५ प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ ।

आइफोन बनाउन एप्पल चीनमाथि निर्भर छ । चीन र अमेरिकाबीचको तनाव अनि कोभिडका कारण आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भएयता एप्पल चीनमाथिको निर्भरता कम गर्न लागिरहेको छ ।

यस्तोमा भारतलाई उपर्युक्त विकल्पको रुपमा हेरेर कम्पनीले त्यहाँ लगानी बढाइरहेको छ ।

भारतमा ५० अर्ब डलरसम्म लगानी गर्नेबारे विचार गर्दै यूएई

संयुक्त अरब इमिरेट्स (यूएई) ले भारतमा ५० अर्ब डलरसम्म लगानी गर्नेबारे विचार गरिरहेको छ । भारत यूएईको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो ।

भारत अहिले विश्वमै सबैभन्दा तीव्र गतिमा बढिरहेको अर्थतन्त्र हो । यस्तोमा सबै देश र कम्पनीहरुले भारतको वृद्धिबाट फाइदा लिन त्यहाँ धमाधम लगानी खन्याइरहेका छन् ।

लगानीसम्बन्धी प्रारम्भीक प्रतिज्ञा चाँही आगामी वर्षको सुरुमा घोषणा हुनसक्ने बताइएको छ । आगामी वर्षको जुलाईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायदबीच हुने भेटघाटपछि नयाँ लगानीको घोषणा हुने अपेक्षा गरिएको छ ।

गएको दशकयता भारत र यूएईले आपसी सम्बन्ध कसिलो पार्न खोजिरहेका छन् । तेल बाहेकको द्विपक्षीय व्यापारलाई बढाएर १ खर्ब डलरमा पुर्‍याउने लक्ष्य दुबैको छ ।

सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री बनेयता मोदी बारम्बार यूएई गएका छन् । हालैको उनको भ्रमण उनी प्रधानमन्त्री बनेयताको पाँचौं भ्रमण थियो । मोदीभन्दा अगाडि यूएई जाने भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी थिइन् । उनी सन् १९८१ मा यूएई गएकी थिइन् ।

आगामी वर्ष मोदी तेस्रो कार्यकालका लागि चुनावमा उत्रिँदैछन् । यस्तोमा उनी सकेसम्म धेरै लगानी भित्र्याउने दाउमा छन् । लगानी सम्झौता र घोषणाबारे अन्तिम निर्णय भने भइनसकेको स्रोतहरुलाई उद्धृत गर्दै ब्लुमबर्गले समाचार छापेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ८ : १५ बजे

‘महाजात्रा’ छायाङ्कनमा प्रकाश घिमिरे

काठमाडौँ- घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका अभिनेता प्रकाश

क्रिकेटर सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्यु, २०० जना भन्दा बढीको उद्धार

रोम– रोमको टिभोलीस्थित सान जियोभान्नी इभान्जेलिस्टा अस्पतालको शवगृहमा शुक्रबार राति

एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ

मकवानपुर– मकवानपुरमा एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई

आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानवअधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत