क्रिकेट

भारतको अपराजित यात्रा जारी, दक्षिण अफ्रिका २ सय ४३ रनले पराजित

By खबरहब

November 05, 2023

काठमाडौं । एक दिवसीय विश्वकपमा भारतले दक्षिण अफ्रिकालाई २४३ रनले पराजित गरेको छ ।

३२७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७.१ ओभरमा ८३ रनमा अल आउट भयो । उसका लागि मात्र चार ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सके । मार्को जानसेनले सर्वाधिक १४ रन बनाउँदा रासी भान डेर डुसेनले १३ रन बनाए । त्यस्तै, कप्तान टेम्बा बाभुमा र डेभिड मिलरले ११–११ रन बनाए ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न भारतका रवीन्द्र जटेजाले ५, मोहम्मद सामी र कुलदीप यादवले दुई दुई विकेट लिएका थिए ।

त्यसअघि कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २६ रन बनाएको थियो । भारतका विराट कोहलीले १ सय २१ बलमा १ सय १ रन बनाए । यस्तै श्रेयस अय्यरले ७७ र कप्तान रोहित शर्माले ४० रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडी, मार्को जेनसेन, कागिसो रबाडा, केशव महाराज र तबरिज शाम्सीले समान १ विकेट लिए ।

भारत र दक्षिण अफ्रिका यसअघि नै विश्वकपको सेमिफाइनलमा पुगिसकेका छन् ।