कांग्रेस महासमिति बैठक मङ्सिर २९ देखि पुस २ गतेसम्म हुने | Khabarhub Khabarhub

कांग्रेस महासमिति बैठक मङ्सिर २९ देखि पुस २ गतेसम्म हुने


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले शुक्रबार पश्चिम नेपालमा गएको भूकम्प र सभाहलको प्राविधिक कारणले पार्टीको महासमिति बैठकको निर्धारित मिति दुई साता पछाडि सारेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले महासमिति बैठक आगामी मङ्सिर २९ देखि पुस २ गतेसम्म गर्ने नयाँ मिति तय गरेको पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । यसअघि आगामी मङ्सिर १३ देखि १५ गतेसम्म महासमिति बैठक गर्ने तय भए पनि उक्त मितिमा तयारी पूर्ण नहुने नदेखिएपछि कांग्रेसले नयाँ मिति तोकेको हो ।

भूकम्पका कारण तिहार अघिका पार्टीका औपचारिक कार्यक्रम स्थगन गर्नुपरेको र बैठक गर्ने सभाहल पनि निर्धारित मितिमा उपलब्ध नहुने भएपछि बैठकको मिति सार्नुपरेको उनले बताए । कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले भूकम्पबाट प्रभावितको तत्काल उद्धार, राहत र पुनस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गर्दै सरकारले हालसम्म गरेका कामका लागि धन्यवाद र थप क्रियाशील हुन आग्रह गरेको छ । कांग्रेसले भूकम्प प्रभावितको राहत र पुनःस्थापनाका लागि पार्टीका तर्फबाट घोषणा गरेको रु ५० लाख पर्याप्त नभएको भन्दै थप रकम जुटाउन पार्टीका सबै संरचनालाई आग्रह गरेको छ ।

बैठकले भूकम्प प्रभावितलाई प्रदान गर्ने राहत र वितरणमा अनियमता हुन नदिन पार्टीका तर्फबाट अनुगमन तथा सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ४१ बजे

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रतिवेदनसहित)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा

१० अर्ब बढीको कारोबार हुँदा साढे १२ अंकले घट्यो नेप्से

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १२ अंकले घटेको