अमेरिका भ्रमण फलदायी भएको परराष्ट्रमन्त्रीको दाबी | Khabarhub Khabarhub

अमेरिका भ्रमण फलदायी भएको परराष्ट्रमन्त्रीको दाबी


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आफ्नो संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण फलदायी भएको बताएका छन् ।

अमेरिका भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री साउदले आफ्नो भ्रमण नेपाल–अमेरिका सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सफल भएको बताए ।

“यो भ्रमणबाट नेपाल र अमेरिकाबीचको आपसी मैत्री, समझदारी र सहयोगमा अभिवृद्धि भई द्विपक्षीय सम्वन्ध अझ सुदृढ भएको छ । अमेरिकी समकक्षी एन्टोनी ब्लिङ्केनसँगको भेटवार्तामा दुवै पक्षबीच सहकार्यलाई घनीभूत बनाउने प्रतिबद्धता व्यक्त भएको छ,” मन्त्री साउदले भने ।

अल्पविकसित मुलुकबाट स्तरोन्नतिको प्रक्रियामा रहेकाले नेपालको विकासका प्राथमिकतामा वैदेशिक सहयोग महत्त्पूर्ण हुने चर्चा गर्दै परराष्ट्रमन्त्री साउदले नेपाललाई सूचना प्रविधिको विकास, खाद्य सुरक्षा, कृषिको विकास, बजार पहुँच, लगानी र व्यापारलगायत क्षेत्रहरूमा अमेरिकी सरकारबाट सहयोग बढाउन आग्रह गरेको जानकारी दिनुभयो । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतका परियोजना समयमै कार्यान्वयनको महत्त्वमा जोड दिएको उनको भनाइ थियो ।

आफूले अमेरिकी विदेशमन्त्री ब्लिङ्गेनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा गरेको मन्त्री साउदले जानकारी दिए । उनले यही कात्तिक १२ गते काठमाडौँबाट अमेरिका प्रस्थान गरेका थिए ।

भ्रमणका क्रममा मन्त्री साउदले युएसएआइडीका प्रशासक समन्था पावर, सिनेटर क्रिस भान होलान तथा युएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरसनका प्रमुख कार्यकारी अधिकृत स्कोट नाथनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

त्यसैगरी त्याँहास्थित नेपाली दूतावासमा एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट, अमेरिकी विदेश मन्त्रालयकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेशमन्त्री उज्रा जेया, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ डाइरेक्टर आइलीन लाउवाकरसँग पनि छुट्टाछुट्टै भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १० : ५४ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं