नेपाल सुपर लिग : आज ललितपुर र वीरगञ्ज खेल्ने  | Khabarhub Khabarhub

नेपाल सुपर लिग : आज ललितपुर र वीरगञ्ज खेल्ने 


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणमा आज ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । आजको खेलमा ललितपुर जित निकाल्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा रहँदा वीरगञ्ज पहिलो जितको खोजीमा हुनेछ ।

आज ललितपुरले चौथो खेल खेल्दैछ भने वीरगञ्जले तेस्रो खेल खेल्नेछ । यसअघिका तीन खेलमा ललितपुरले धनगढी र पोखरासँग बराबरी खेलेको थियो भने बुटवललाई पराजित गरेको थियो । योसँगै ललितपुर ५ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । 

यस्तै धनगढी र चितवनसँग पराजित भएको वीरगञ्ज आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । वीरगञ्ज अंकविहीन रहँदै तालिकाको पुछारमा छ । शीर्षस्थानमा रहेको धनगढीको ७ अंक छ । 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ६ : ४६ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले