दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मीको सक्रियता « Khabarhub

दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मीको सक्रियता


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

चितवन– दुर्लभ चरा संरक्षणमा चितवनका संरक्षणकर्मी जुटेका छन् । भरतपुर महानगरपालिका–२६ को दिव्यनगर क्षेत्रमा पाइने दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका हुन् ।

पहिले प्रशस्त सङ्ख्यामा पाइने चराहरू अहिले लोप हुन थालेपछि संरक्षणकर्मी चरा संरक्षण र सङ्ख्या बढाउने अभियानमा लागेको चितवन गाइड एशोसिएसन मेघौली घटघाई उपसमितिका अध्यक्ष एवं संरक्षणकर्मी मनिष लिम्बूले जानकारी दिए ।

उनका अनुसार दिव्यनगर क्षेत्रका खेतबारीमा विश्वका दुर्लभ चरा देख्न सकिन्छ । चरा संरक्षणका लागि जनचेतना जगाउन वडामा सोमबार होर्डिङ बोर्ड राखिएको छ । 

बोर्डमा चरा संरक्षणका बारेमा जानकारी र ३६ प्रकारका चराको सूची राखिएको लिम्बूले बताए । ‘यहाँ जाडो छल्न चरा आउँछन्’, उनले भने, ‘खानेकुरा खोज्दै आउने चरालाई बचाउने हाम्रो जिम्मेवारी हो ।’

चरा संरक्षणका लागि वडा नम्बर २६ ले आर्थिक सहयोग गरेको छ । वडाध्यक्ष ज्ञानप्रसाद खनालले यस वर्ष ५० हजार बजेट विनियोजन गरेको र आगामी वर्षहरूमा चरा संरक्षणका लागि बजेट थप्दै लैजाने बताए ।

‘संसारमै नभएका चरा यहाँ छन्’, उनले भने, ‘यी चराको संरक्षण गर्न गाउँघरमा जनचेतना जगाउनुपर्छ ।’ उनले वडामा कुनै पनि चरा मार्न नपाइने भन्दै चरा संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताए । पर्यटन प्रवर्द्धनका लागि पनि चरा महत्त्वपूर्ण भएको उनको भनाइ छ ।

चराविज्ञ हठन चौधरीले चरा संरक्षणका लागि जनचेतना जगाउन आवश्यक रहेको बताए । उनले स्कुलस्तरमा चरा संरक्षणका लागि कार्यक्रम गर्नुपर्ने भन्दै खेतबारीमा रासायनिक विषादी प्रयोग नगर्न किसानलाई अनुरोध गर्नुपर्ने बताए ।

साइबेरिया, काजकिस्तान, मंगोलिया, तिब्बतजस्ता मुलुकबाट नेपालमा दुर्लभ चरा आउने गरेको उनको भनाइ छ । नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । यसमा ४२ प्रजातिका चरा दुर्लभ चरा मानिन्छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ६ : ५९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना