तीन पटक म्याद थप्दासमेत भएन कालोपत्र | Khabarhub Khabarhub

तीन पटक म्याद थप्दासमेत भएन कालोपत्र


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

गलकोट– ठेक्का सम्झौताअनुरूप काम गरेको भए बागलुङको कुँडुले चोकदेखि मालिका हुँदै पञ्चकोटसम्मको १४ किलोमिटर कालोपत्र भइसकेको हुन्थ्यो । विसं २०७६ असोज २८ गते दुई वर्षभित्र सो क्षेत्रीय रिङ्गरोड सडक कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको थियो । तर सम्झौता भएपछि तीन पटक म्याद थप्दासमेत सकिएको छैन । 

अहिले उक्त सडकमा पूर्वाधारको काम सकेर ग्राभेल गरिएपछि यात्रुलाई धुलोले सास्ती बनाएको छ । उक्त सडकमा १० महिनायता काम ठप्प छ । तीनपटकसम्म म्याद थप्दासमेत सडक कालोपत्र नहुँदा यहाँका स्थानीय आक्रोशित भएको बागलुङ नगरपालिका-५ का वडा अध्यक्ष हरिप्रसाद शर्माले बताएका छन् । 

अध्यक्ष शर्माले दुई वर्षदेखि कालोपत्रका लागि आवश्यक ग्राभेल छरेर छोडेको सडकमा कालोपत्र नहुँदा समस्या भएको बताए । ‘कुडुँलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने रिङ्गरोड सडक कालोपत्र भए धेरैलाई सहज हुनेथियो, तर सडकको काम दुई वर्षदेखि अघि बढ्न सकेको छैन, निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याउने काम भइरहेको छ,’ शर्माले भने, ‘ढिलै भए पनि कालोपत्र भइदिए शालग्राम सङ्ग्रहालय र पञ्चकोटमा आउने पर्यटकलाई समेत सहज हुनेथियो ।’

गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय बागलुङमार्फत रु ३१ करोड लागतमा १४ किमी सडक कालोपत्र गर्न थालिएको भए पनि ठेकेदार कम्पनीले समयमै काम गर्न नसक्दा सडक अलपत्र जस्तै बनेको छ । 

ग्राभेल बिच्छ्याएको सडकमा खाल्टा पर्ने, धुलो उड्ने र सवारीसाधन दुर्घटनामा पर्ने जोखिमसमेत भइरहेको छ । दुई वर्षमा सकिने ठेक्का चार वर्ष बित्दासमेत ७६ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । अन्तिम पटकलाई आगामी चैत मसान्तसम्म म्याद थपेर निर्माण व्यवसायीलाई काममा बोलाइएको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ । 

कोरोनाका कारण सरकारले म्याद थप गर्न निर्देशन दिएपछि मात्रै निर्माण कम्पनीलाई म्याद थपिएको हो । क्षेत्रीय सडकका रुपमा रहेको बागलुङ नगरपालिका–४ कुडुले चोकदेखि काठेखोला गाउँपालिका जाने सडकमा कालोपत्रका लागि पूर्वाधारको काम तत्कालीन समयमा धमाधम भए पनि दुई वर्षदेखि कालोपत्र नभएर काम ठप्प भएपछि सडक झनै बिग्रिएको छ । ठाउँ–ठाउँमा पहिरो खसेर झनै समस्या बनाएको छ ।  

कुडुँले चोकदेखि–मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडक पहिलो चरणमा कालोपत्र गर्नका लागि तत्कालीन गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटामार्फत बजेट विनियोजन भएको थियो । 

उक्त सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न लागिएको भए पनि समयमै तीनपटक म्याद थप्दासमेत नसकिएको हो । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई विकास गर्ने योजनाअनुरूप स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम थालिएको थियो । 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  २ : ११ बजे

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन

दक्ष सर्प उद्दारकर्ता (फोटो फिचर)

काठमाडौं – दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौं जिल्लासहित यस