नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई जन्मकैद « Khabarhub

नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई जन्मकैद


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुकुम पश्चिमको सोती घटनामा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको छ ।

नवराजकी प्रेमिका र उनकी आमालाई भने २ वर्ष कैद र ५० हजार जरिवाना सुनाइएको छ ।

जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार पुर्पक्षमा रहेका २३ जना र साधारण तारेखमा छाडिएका प्रेमिकाका भाइ पर्नेलाई जन्मकैद सुनाइएको हो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर साढे तीन वर्षअघि भएको घटनामा ७ जनाको मृत्यु भएको थियो ।

सो घटनामा कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको हो ।

दोषीहरुबाट जनही ४० हजार रुपैयाँ भराउने र उक्त रकम मृतकका परिवारलाई दामासाहीले दिने पनि फैसलामा उल्लेख छ । आइतबारदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु भएकोमा आज अन्तिम आदेश आएको हो ।

२०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका थिए ।

त्यहीबेला उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए ।

घटनामा नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो ।

नवराजका बुबा मुनलाल नेपालीको जाहेरीका आधारमा उक्त घटनामा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : १० बजे

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएको छ

टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ

काठमाडौँ– टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित

आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका

मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

आत्मदाहले छोडेको प्रश्न- समाजले किन धेरै असुरक्षा उत्पादन गर्छ ?

गणेश नेपालीको मृत्युबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ ।