बाबा बालकनाथ राजस्थानको मुख्यमन्त्री बन्ने दौडमा « Khabarhub

बाबा बालकनाथ राजस्थानको मुख्यमन्त्री बन्ने दौडमा


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा हालै सम्पन्न विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले पाँचमध्ये तीन राज्यमा जित हासिल गर्‍यो । विधानसभाको निर्वाचन भएका मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, तेलंगाना र मिजोरममध्ये तेलंगाना र मिजोरमबाहेक सबै राज्यमा भाजपाले जित निकाल्यो ।

अहिले भारतमा भाजपाले कुन राज्यमा कसलाई मुख्यमन्त्र बनाउने भन्ने चर्चा सुरु भएको छ । यसमध्ये पनि यसअघि कांग्रेसको शासन रहेको राजस्थानमा भाजपाले कसलाई मुख्यमन्त्री बनाउला भन्ने धेरैको चासो छ ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार अहिले राजस्थानमा भाजपाकी प्रभावशाी नेतृ बसुन्धारा राजे र बाबा बालकनाथको नाम अगाडि छ । भाजपाको केन्द्रीय नेतृत्वसँग बसुन्धारा राजेको सम्बन्ध खासै सुमधुर नभएको चर्चामाझ धेरैले रोहतकस्थित मस्तनाथ मठका महन्त बाबा बालकनाथलाई राजस्थानको नयाँ मुख्यमन्त्रीको रुपमा हेरेका छन् ।

३९ वर्षका महन्त बाबा बालकनाथले तिजारा विधानसभा सिट जितेका हुन् । यद्यपि उनी लोकसभा सांसद पनि रहेकाले पनि मुख्यमन्त्रीमा उनको बलियो दाबी रहने धेरैको अनुमान छ ।

६ वर्षको उमेरदेखि आध्यत्ममा लागेका उनी सन् २०१६ अर्थात् ३२ वर्षको उमेरमा मस्तनाथ मठका महन्त बनेका थिए । राजस्थानमा बाबा बालकनाथले उत्तर प्रदेशका मुख्यमन्त्री एवम् गोरखनाथ मठका महन्त योगी आदित्यनाथजस्तै ‘फायरब्राण्ड’ नेताको छवि बनाएका छन् ।

योगी आदित्यनाथसँग पनि उनको निकट सम्बन्ध रहेको ठानिन्छ । उनलाई महन्त उपाधि प्रदान गर्न आयोजित समारोहमा योगी आदित्यनाथ पनि विशेष अतिथिका रुपमा उपस्थित थिए ।

बालकनाथ राजस्थानको नयाँ मुख्यमन्त्री बन्ने चर्चा रहेपनि यसबारे भाजपाको केन्द्रीय नेतृत्वले अहिले नै स्पष्ट निर्णय भने गरिसकेको छैन । मंगलबार संसदको शीतकालीन सत्रमा भाग लिन पुगेका गृहमन्त्री अमित शाहले सञ्चारकर्मीसँगको कुराकानीमा नयाँ मुख्यमन्त्रीबारे ‘अहिले केही तय नभएको’ जवाफ दिएका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १० : ०६ बजे

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित