‘रामायण’मा जटायुको अन्तिम संवाद ‘हे राम’ का लागि अनुपमले गरेका थिए २०० पटक अभ्यास « Khabarhub

‘रामायण’मा जटायुको अन्तिम संवाद ‘हे राम’ का लागि अनुपमले गरेका थिए २०० पटक अभ्यास


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्ममा कुनै पात्रलाई जीवन्त बनाउन अभिनय मात्र पर्याप्त हुँदैन, कहिलेकाहीँ एउटा सानो संवादले पनि दर्शकको मन गहिरोसँग छुन सक्छ । यसको उदाहरण बनेका छन् बलिउड अभिनेता अनुपम खेर ।

नितेश तिवारी निर्देशित फिल्म ‘रामायण’मा जटायुको भूमिकालाई आवाज दिएका उनले एउटा छोटो संवादलाई प्रभावशाली बनाउन झन्डै २०० पटक अभ्यास गरेका छन् ।

फिल्ममा सीतालाई रावणको कब्जाबाट बचाउन जटायुले गरेको संघर्ष निकै महत्त्वपूर्ण घटनाका रूपमा प्रस्तुत गरिएको छ। वृद्ध भए पनि जटायु रावणसँग भिड्छन् ।

तर, भीषण युद्धमा गम्भीर घाइते हुन्छन् । भगवान् रामसँगको भेटपछि अन्तिम सास लिनुअघि उनले ‘हे राम’ भन्छन् । यही दृश्यलाई भावनात्मक बनाउन अनुपमले आवाजमा विशेष मिहिनेत गरेका थिए ।

‘भेराइटी’सँगको कुराकानीमा अनुपमले जटायुको अन्तिम संवादका लागि कम्तीमा २०० पटक प्रयास गरेको बताएका छन् । उनका अनुसार ‘हे राम’ दुई शब्दको छोटो संवाद भए पनि त्यसलाई सामान्य ढंगले बोल्नु पर्याप्त थिएन ।

त्यस क्षणको पीडा, भावना र परिस्थितिलाई आवाजमार्फत दर्शकसम्म पुर्‍याउनु आवश्यक थियो । त्यसैले उनले घरमै धेरै दिनसम्म अभ्यास गरेका थिए। पहिलो दिन आफूले चाहेजस्तो आवाज निकाल्न नसकेपछि स्वरांकनसमेत गरेका थिएनन् ।

अनुपमका लागि जटायु केवल एउटा पक्षीको पात्र थिएन। उनी साहसी तर वृद्ध छन्, रावणसँगको युद्धबाट घाइते भएका छन् र सीतालाई बचाउन नसकेको पीडामा छन् । यी सबै भावना आवाजमा उतार्न पात्रको मनोस्थिति नै आत्मसात् गर्नुपर्ने उनको भनाइ छ ।

दुई भागमा निर्माण भइरहेको ‘रामायण’को पहिलो भागले पनि बक्स अफिसमा प्रभावशाली व्यापार गरिरहेको छ । फिल्मले विश्वभरबाट झन्डै १ हजार ५०० करोड भारु कमाइसकेको छ ।

भारतमा मात्रै यसको कमाइ ८२० करोड भारु पुगेको छ । हिन्दी संस्करणबाट ६२६ करोड भारु नेट कमाइ भएको छ भने भारतीय बजारमा फिल्मको नेट व्यापार १ हजार करोड भारु पुग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  १ : ४३ बजे

भारतसँग पर्यटन र हवाई सम्पर्क विस्तारमा मन्त्री पौडेलको जोड

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल र

सोमपाल राइजिङ स्टार्स एसिया कपबाट बाहिरिए

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा आयोजना हुने

‘रामायण’मा जटायुको अन्तिम संवाद ‘हे राम’ का लागि अनुपमले गरेका थिए २०० पटक अभ्यास

काठमाडौं– फिल्ममा कुनै पात्रलाई जीवन्त बनाउन अभिनय मात्र पर्याप्त हुँदैन,

याङ्गो ग्रुपले नियुक्त गर्‍यो ग्लोबल हेड अफ सेफ्टी

काठमाडौं– याङ्गो ग्रुपले आफ्ना सबै बजारहरूमा सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी

रामकुमारी झाँक्री सवार कारलाई बसको ठक्कर

काठमाडौँ – नेकपा (एमाले) की नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी