देश विदेशका पर्यटक पोखरा ल्याउने कार्यक्रम गर्छौ « Khabarhub

देश विदेशका पर्यटक पोखरा ल्याउने कार्यक्रम गर्छौ


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोखरा पर्यटकका लागि प्रमुख पर्यटकीय गन्तव्य हो । अनि पोखरा व्यवसायीका लागि पनि धेरै अवसर र चुनौति भएको क्षेत्र हो । पोखरामा वर्षेनी जति पर्यटक आउजाउ गर्छन्, त्यसले पोखराको पर्यटन व्यवसाय र व्यवसायीलाई प्रत्यक्ष रुपमा फाइदा गरिरहेकै छ । पर्यटककेन्द्रित व्यवसायमा पछिल्लो समय महिलाहरुको उपस्थिती पनि बाक्लिदो छ । पर्यटन व्यवसायमा रहेका महिलाहरुलाई सीप, क्षमता र प्रोत्साहन दिँदै उनीहरुलाई स्थापित गर्ने काममा पोखरामा क्रियाशील पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) संस्थाले काम गरिरहेको छ । संस्थाको तेस्रो अधिवेशनबाट अध्यक्षमा कमला गिरी निर्वाचित भएकी छन् । नाट्टा गण्डकी प्रदेशकी उपाध्यक्षसमेत रहेकी गिरीले नेतृत्व लिएसँग टेवानले पोखरामा स्वदेशी तथा विदेशी पर्यटक बढाउने लक्ष्य लिएको छ । नेतृत्वमा आएपछि संस्थाका लागि गर्ने काम, नयाँ योजना र पोखराकेन्द्रित पर्यटनका विषयमा अध्यक्ष कमला गिरीसँग गरिएको कुराकानीको सम्पादित अंशः

टेवानको अध्यक्षमा निर्वााचित भएपछि पोखरामा महिला पर्यटन व्यवसायीहरुको अहिलेको चुनौती के देख्नु हुन्छ ?
अहिलेको चुनौती भनेको सरकारको नजर हो । निजी क्षेत्रमा मान्छेहरूले धेरै लगानी गरेका हुन्छन् । त्यसमा सरकारको ध्यान नै हुँदैन । कमाएको कर तिरेर मात्र बसेका छौँ । टेवान संस्थामा मैले ११९ जना सदस्यलाई सहज गराउनु मेरो जिम्मेवारी हो । त्यसको लागि सरकारले ध्यान दिनु पर्दछ । बाह्य भन्दा पनि पहिला आन्तरिक पर्यटनको विकास गर्नु पर्छ । त्यो नै मुख्य चुनौति हो ।

महिलाहरुलाई व्यवसायमा कसरी ल्याउने, पर्यटनमा कसरी जोड्ने वा समेट्ने ?
केही वर्ष पहिला र अहिले हेर्दा महिलाहरू धेरै अगाडि आएको छन् । मैले आफ्नो लागि आफै कमाउनु पर्दछ, चुलो चौकोमा मात्र सीमित हुनु हुँदैन भनेर बुझेका छन् । परिवारका महिला सदस्यले म यस्तो क्षेत्रमा काम गर्छु भन्ने त आफ्नो भित्रबाट आयो भने उनीहरू सक्षम हुन्छन् । कुनै पनि ठाउँमा परिचय दिँदा म यसको श्रीमती भनेर परिचय दिनु परेको छैन । म आफैले मेरो परिचय बनाएको छु । ११९ जना महिला दिदी बहिनी संस्थामा सहभागी हुनु भएको छ । त्यसमा म धेरै सक्षम महिला ल्याउँछु त्यसैले सक्षम हुनु पर्याे । महिलाहरू सानो केही काम गर्नुहोस् । त्यो आफ्नो नाममा बनाउनु पर्याे । र, त्यो भयो भने हाम्रो संस्थामा जोडिने भए । अन्तरप्रदेशका पर्यटन विकास होस, सहकार्य होस् भन्ने योजना छ ।

सबै जिल्लाका महिलालाई कसरी अगाडि ल्याउने ?
पहिला मैले प्रदेश मन्त्रालयसँग प्रस्तावना राखे ११ वटा प्रदेशको टुरिजममा लागेका महिलालाई पोखरामा अन्तरक्रिया कार्यक्रम राख्न माग गरे र स्वीकृति पाएँ । पोखराको गण्डकी प्रदेशबाट ११ पवटा जिल्लाको प्रत्येक जिल्लाबाट दुई जनाका दरले र तीन जना आउनु भयो । र, जहाँबाट आउनु भयो, त्यहाँको टुरिजमको अवस्था कस्तो भनेर बहसको विषय बनाइयो । त्यसो गर्दा लुकेका गन्तव्यको र लुकेर रहेका निर्मित पर्यटकीय क्षेत्रको बजारीकरण हुन्छ । गरिरहेका पनि छौँ ।

पोखरामा अन्तराष्ट्रिय सम्मेलन गर्ने योजना केही छ ?
कहाँबाट पर्यटक बढी आउछन्, त्यो ठाँउको लागि कस्तो कार्यक्रम गर्ने भनेर कुराहरू गरेको छु । मेरो टेवान संस्थाले कोरियामा एउटा कार्यक्रम राख्न चाहन्छ । दुई जना चाइनिजसँग सहकार्य गरेको छु । त्यसपछि पोखराबाट टेवानले चाइना सेल्स मिसन गर्याे भने समग्र नेपालको पर्यटन प्रवद्र्धन हुन्छ भन्ने विश्वास छ ।

महिलाहरूलाई आत्मनिर्भर बनाएर पर्यटन क्षेत्रमा कसरी ल्याउने ?
विगतमा जे जति भयो भयो । अब आउने टुरिजम क्षेत्रमा महिलालाई प्राथमिकता दिनु पर्दछ । अरू क्षेत्रमा भन्दा यो क्षेत्रमा महिलाको नाम र काम सुरक्षित हुन्छन् । यो क्षेत्रमा धेरैले रोजगारी पाउँछन् । सबै भाषा जानेर महिलाहरुले आफूलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान सक्छन् । देश विदेशमा चिनिने मौका पाउँछन् । त्यसैले पर्यटन क्षेत्रमा महिलाको उपस्थिती बनाउन सबैभन्दा पहिले पुरुषको दृष्टिकोण बदलिनुपर्छ । अनि सबैको साथ सहयोग चाहिन्छ । महिलाले आँट गरेको खण्डमा सम्भव छ । हामी त्यसका लागि सहयोग गर्छौँ । पोखरामा देश विदेशबाट पर्यटक ल्याउने गरि सबैसँग हातेमालो गरेर कार्यक्रम गर्छौ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ९ : ५७ बजे

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै

आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डिङमा

काठमाडौं– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको १०औँ संस्करण आजदेखि सुरु

ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि

कांग्रेसबाट स्वर्णिमले खोसेको तनहुँ-१ मा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनमा हुने निर्वाचन नजिकिँदै गर्दा झापा- ५, सर्लाही-