देश विदेशका पर्यटक पोखरा ल्याउने कार्यक्रम गर्छौ | Khabarhub Khabarhub

देश विदेशका पर्यटक पोखरा ल्याउने कार्यक्रम गर्छौ


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोखरा पर्यटकका लागि प्रमुख पर्यटकीय गन्तव्य हो । अनि पोखरा व्यवसायीका लागि पनि धेरै अवसर र चुनौति भएको क्षेत्र हो । पोखरामा वर्षेनी जति पर्यटक आउजाउ गर्छन्, त्यसले पोखराको पर्यटन व्यवसाय र व्यवसायीलाई प्रत्यक्ष रुपमा फाइदा गरिरहेकै छ । पर्यटककेन्द्रित व्यवसायमा पछिल्लो समय महिलाहरुको उपस्थिती पनि बाक्लिदो छ । पर्यटन व्यवसायमा रहेका महिलाहरुलाई सीप, क्षमता र प्रोत्साहन दिँदै उनीहरुलाई स्थापित गर्ने काममा पोखरामा क्रियाशील पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) संस्थाले काम गरिरहेको छ । संस्थाको तेस्रो अधिवेशनबाट अध्यक्षमा कमला गिरी निर्वाचित भएकी छन् । नाट्टा गण्डकी प्रदेशकी उपाध्यक्षसमेत रहेकी गिरीले नेतृत्व लिएसँग टेवानले पोखरामा स्वदेशी तथा विदेशी पर्यटक बढाउने लक्ष्य लिएको छ । नेतृत्वमा आएपछि संस्थाका लागि गर्ने काम, नयाँ योजना र पोखराकेन्द्रित पर्यटनका विषयमा अध्यक्ष कमला गिरीसँग गरिएको कुराकानीको सम्पादित अंशः

टेवानको अध्यक्षमा निर्वााचित भएपछि पोखरामा महिला पर्यटन व्यवसायीहरुको अहिलेको चुनौती के देख्नु हुन्छ ?
अहिलेको चुनौती भनेको सरकारको नजर हो । निजी क्षेत्रमा मान्छेहरूले धेरै लगानी गरेका हुन्छन् । त्यसमा सरकारको ध्यान नै हुँदैन । कमाएको कर तिरेर मात्र बसेका छौँ । टेवान संस्थामा मैले ११९ जना सदस्यलाई सहज गराउनु मेरो जिम्मेवारी हो । त्यसको लागि सरकारले ध्यान दिनु पर्दछ । बाह्य भन्दा पनि पहिला आन्तरिक पर्यटनको विकास गर्नु पर्छ । त्यो नै मुख्य चुनौति हो ।

महिलाहरुलाई व्यवसायमा कसरी ल्याउने, पर्यटनमा कसरी जोड्ने वा समेट्ने ?
केही वर्ष पहिला र अहिले हेर्दा महिलाहरू धेरै अगाडि आएको छन् । मैले आफ्नो लागि आफै कमाउनु पर्दछ, चुलो चौकोमा मात्र सीमित हुनु हुँदैन भनेर बुझेका छन् । परिवारका महिला सदस्यले म यस्तो क्षेत्रमा काम गर्छु भन्ने त आफ्नो भित्रबाट आयो भने उनीहरू सक्षम हुन्छन् । कुनै पनि ठाउँमा परिचय दिँदा म यसको श्रीमती भनेर परिचय दिनु परेको छैन । म आफैले मेरो परिचय बनाएको छु । ११९ जना महिला दिदी बहिनी संस्थामा सहभागी हुनु भएको छ । त्यसमा म धेरै सक्षम महिला ल्याउँछु त्यसैले सक्षम हुनु पर्याे । महिलाहरू सानो केही काम गर्नुहोस् । त्यो आफ्नो नाममा बनाउनु पर्याे । र, त्यो भयो भने हाम्रो संस्थामा जोडिने भए । अन्तरप्रदेशका पर्यटन विकास होस, सहकार्य होस् भन्ने योजना छ ।

सबै जिल्लाका महिलालाई कसरी अगाडि ल्याउने ?
पहिला मैले प्रदेश मन्त्रालयसँग प्रस्तावना राखे ११ वटा प्रदेशको टुरिजममा लागेका महिलालाई पोखरामा अन्तरक्रिया कार्यक्रम राख्न माग गरे र स्वीकृति पाएँ । पोखराको गण्डकी प्रदेशबाट ११ पवटा जिल्लाको प्रत्येक जिल्लाबाट दुई जनाका दरले र तीन जना आउनु भयो । र, जहाँबाट आउनु भयो, त्यहाँको टुरिजमको अवस्था कस्तो भनेर बहसको विषय बनाइयो । त्यसो गर्दा लुकेका गन्तव्यको र लुकेर रहेका निर्मित पर्यटकीय क्षेत्रको बजारीकरण हुन्छ । गरिरहेका पनि छौँ ।

पोखरामा अन्तराष्ट्रिय सम्मेलन गर्ने योजना केही छ ?
कहाँबाट पर्यटक बढी आउछन्, त्यो ठाँउको लागि कस्तो कार्यक्रम गर्ने भनेर कुराहरू गरेको छु । मेरो टेवान संस्थाले कोरियामा एउटा कार्यक्रम राख्न चाहन्छ । दुई जना चाइनिजसँग सहकार्य गरेको छु । त्यसपछि पोखराबाट टेवानले चाइना सेल्स मिसन गर्याे भने समग्र नेपालको पर्यटन प्रवद्र्धन हुन्छ भन्ने विश्वास छ ।

महिलाहरूलाई आत्मनिर्भर बनाएर पर्यटन क्षेत्रमा कसरी ल्याउने ?
विगतमा जे जति भयो भयो । अब आउने टुरिजम क्षेत्रमा महिलालाई प्राथमिकता दिनु पर्दछ । अरू क्षेत्रमा भन्दा यो क्षेत्रमा महिलाको नाम र काम सुरक्षित हुन्छन् । यो क्षेत्रमा धेरैले रोजगारी पाउँछन् । सबै भाषा जानेर महिलाहरुले आफूलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान सक्छन् । देश विदेशमा चिनिने मौका पाउँछन् । त्यसैले पर्यटन क्षेत्रमा महिलाको उपस्थिती बनाउन सबैभन्दा पहिले पुरुषको दृष्टिकोण बदलिनुपर्छ । अनि सबैको साथ सहयोग चाहिन्छ । महिलाले आँट गरेको खण्डमा सम्भव छ । हामी त्यसका लागि सहयोग गर्छौँ । पोखरामा देश विदेशबाट पर्यटक ल्याउने गरि सबैसँग हातेमालो गरेर कार्यक्रम गर्छौ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ९ : ५७ बजे

तुलसीपुरमा बस दुर्घटना : दुई जनाको मृत्यु, ३४ घाइते

दाङ– तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा दुईको मृत्यु

मुग्लिन–मलेखु सडक आठ किलोमिटर कालोपत्र

चितवन– मुग्लिन–मलेखु सडकको करिब आठ किलोमिटर भाग कालोपत्र गरिएको छ ।

ओलीको चिन्ता : फेसबुके उरन्ठेउलाहरू चुनावको नाममा एमालेभित्र फाटो ल्याउन खोज्दैछन्

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै भ्रम

प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको छ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षको बजेटलाई

बजेटमै फट्याइँ : अर्थमन्त्रीदेखि योजना आयोगका पदाधिकारीले हुले खुद्रे आयोजना

काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक