बबरमहल क्षेत्रमा प्रदर्शनरत एमालेका कार्यकर्ता र प्रहरीबीच झडप « Khabarhub

बबरमहल क्षेत्रमा प्रदर्शनरत एमालेका कार्यकर्ता र प्रहरीबीच झडप


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।  

आइतबार माइतिघरबाट बानेश्वरसम्म प्रदर्शन गर्ने क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । प्रदर्शनका क्रममा प्रहरीसंग विवाद भएपछि प्रदर्शनकारीले ढुङ्गामुडा गरेका थिए भने स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको थियो ।

सो क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् भने केहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अध्यक्ष ओलीलाई पक्राउ गरेपछि एमालेले आन्दोलनको घोषणा गरेको थियो ।

त्यसपछि शनिबारदेखि नै काठमाडौं लगाएत देशका बिभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले ओलीको रिहाईका साथै गृहमन्त्रीको राजीनामा माग समेत गरेका छन् । 

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ५ : २४ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको