गरगहना चोरेको आरोपमा सर्लाहीबाट एक जना पक्राउ « Khabarhub

गरगहना चोरेको आरोपमा सर्लाहीबाट एक जना पक्राउ


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सर्लाही– चाँदीका गरगहना चोरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  ब्रहम्पुरी गाउँपालिका-३ भेल्ही चोकस्थित सोही गाउँपालिका-२ बस्ने रामचन्द्र साह सोनारको सुनचाँदी पसलबाट चाँदीका विभिन्न ९ थान गरगहना चोरी गरेको आरोपमा चन्द्रनगर गाउँपालिका-२ बस्ने १९ वर्षीय राजबाबु चन्द्रवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रवंशीले चाँदीका गरगहना चोरी गरी भाग्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट बिआर ३० बि ८०१० नम्बरको मोटरसाइकल तथा सोही मोटरसाइकलको ट्याङकी मुनी लुकाई राखेको नियन्त्रित लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ । 

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  २ : १९ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई