पत्रकारितामा गलत प्रवृत्ति बढ्यो : अध्यक्ष बस्नेत « Khabarhub

पत्रकारितामा गलत प्रवृत्ति बढ्यो : अध्यक्ष बस्नेत


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा स्वार्थ पूरा नभए समाचार लेख्ने एवं लेनदेनजस्तो प्रवृत्तिका गुनासा बढेको भन्दै काउन्सिलले यस्ता व्यक्तिको निगरानी गरी कारबाही गर्ने बताएका छन् । काउन्सिलमा नयाँ अनलाइन मिडियाका लागि आज आयोजित अभिमुखीकरणमा उनले निहित स्वार्थ पूरा नभए समाचार बनाउने भनी धम्क्याउने जस्ता प्रवृत्ति बढेका र यस्ता प्रवृत्तिले पत्रकारिता जगतलाई नै कमजोर पार्ने भएकाले यस्ता समस्या रोक्न सबैको समन्वय हुनु जरुरी भएको पनि स्पष्ट पारे ।

अध्यक्ष बस्नेतले भने, ‘कतिपय सञ्चारमाध्यमलाई काउन्सिलले विशेष निगरानीमा पनि राखेको छ । पर्याप्त प्रमाण पुर्‍याएर त्यस्ता सञ्चारमाध्यमलाई आचारसंहिता उल्लङ्घनको कारवाही हुनेछ ।’ अनलाइन र युट्युव च्यानलहरुमा पत्रकारिताको रोगकै रुपमा यो समस्या भित्रिएकाले काउन्सिलले अभियानै चलाएर यसविरुद्ध कदम चालिरहेको उनको भनाई थियो ।

कार्यक्रममा विषय विज्ञका रुपमा राजधानी दैनिकका सम्पादक सागर पण्डितले अनलाइन पत्रकारिताले चुनौती बढाएको भन्दै पत्रकारिताका निश्चित मूल्य मान्यताको पालना गरेमा धेरै समस्याको समाधान हुने बताए। उनले पत्रकारलाई जिम्मेवार र उत्तरदायी बनाउन काउन्सिलजस्ता नियामक निकाय सक्रिय बन्नुपर्ने सुझाव राखे । 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ६ : ०७ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई