पत्रकारितामा गलत प्रवृत्ति बढ्यो : अध्यक्ष बस्नेत « Khabarhub

पत्रकारितामा गलत प्रवृत्ति बढ्यो : अध्यक्ष बस्नेत


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा स्वार्थ पूरा नभए समाचार लेख्ने एवं लेनदेनजस्तो प्रवृत्तिका गुनासा बढेको भन्दै काउन्सिलले यस्ता व्यक्तिको निगरानी गरी कारबाही गर्ने बताएका छन् । काउन्सिलमा नयाँ अनलाइन मिडियाका लागि आज आयोजित अभिमुखीकरणमा उनले निहित स्वार्थ पूरा नभए समाचार बनाउने भनी धम्क्याउने जस्ता प्रवृत्ति बढेका र यस्ता प्रवृत्तिले पत्रकारिता जगतलाई नै कमजोर पार्ने भएकाले यस्ता समस्या रोक्न सबैको समन्वय हुनु जरुरी भएको पनि स्पष्ट पारे ।

अध्यक्ष बस्नेतले भने, ‘कतिपय सञ्चारमाध्यमलाई काउन्सिलले विशेष निगरानीमा पनि राखेको छ । पर्याप्त प्रमाण पुर्‍याएर त्यस्ता सञ्चारमाध्यमलाई आचारसंहिता उल्लङ्घनको कारवाही हुनेछ ।’ अनलाइन र युट्युव च्यानलहरुमा पत्रकारिताको रोगकै रुपमा यो समस्या भित्रिएकाले काउन्सिलले अभियानै चलाएर यसविरुद्ध कदम चालिरहेको उनको भनाई थियो ।

कार्यक्रममा विषय विज्ञका रुपमा राजधानी दैनिकका सम्पादक सागर पण्डितले अनलाइन पत्रकारिताले चुनौती बढाएको भन्दै पत्रकारिताका निश्चित मूल्य मान्यताको पालना गरेमा धेरै समस्याको समाधान हुने बताए। उनले पत्रकारलाई जिम्मेवार र उत्तरदायी बनाउन काउन्सिलजस्ता नियामक निकाय सक्रिय बन्नुपर्ने सुझाव राखे । 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ६ : ०७ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग