अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन « Khabarhub

अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभित्रै अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अवैधरुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रचलित कानून र मापदण्ड विपरीत अनुमति नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी तथा उत्खनन, प्रशोधनकार्यमा संलग्न रहेका क्रसर उद्योग र विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर, आयोजना समाप्तिपछि पनि सञ्चालनमै रहेका उद्योग तत्काल बन्द गर्न व्यवसायीलाई जानकारी गराउँछौँ ।’

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा जारी सूचनामा आयोजना सकिए पनि सञ्चालनमै रहेका क्रसर उद्योग तत्काल बन्द गर्न उद्योग-निर्माण व्यवसायी, स्थानीय तह तथा सुरक्षा निकायसमेतलाई यसको निगरानी गरी बन्द गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ ।

साथै प्रचलित कानुन बमोजिम सञ्चालनमा रहेका क्रसर उद्योगले योसँग सम्बन्धित कागजात प्रशासनमा पेश गरी नियमानुसार सञ्चालन हुनसक्ने व्यहोरा उल्लेख गर्दै अटेर गरे कानुन बमोजिम कडा सजाय हुने हुँदा सबैलाई लागि प्रशासनले अनुरोधसमेत गरेको जनाएको छ । 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ६ : १० बजे

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका