एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल « Khabarhub

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति र विधि मिल्ने पार्टीसँग एकता गर्दै अघि बढ्ने उल्लेख गरे । संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विषय मिल्ने दलसँग मोर्चासमेत बनाएर अघि बढ्ने जानकारी दिए ।

अध्यक्ष नेपालले भने, ‘पहिले जनता समाजवादी पार्टी नेपालसँग वार्ताको प्रक्रिया आरम्भ गर्नेछौँ, विषय वस्तुको बारेमा छलफल हुनेछ, त्यसपछि सहकार्यका प्रक्रियादेखि पार्टी एकताको प्रक्रियासम्म कुराकानी हुनेछ । अन्य दलसँग पनि विभिन्न तवरमा कुरा हुनेछ ।’ आफूहरू पार्टी निर्माण गर्ने, सुदृढीकरण गर्ने र विस्तार गर्ने राष्ट्रिय अभियानमा जुटेको उल्लेख गर्दै उनले आफ्नो पार्टीले जनताका मुद्दा उठान गर्नेमा केन्द्रित हुने बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वास मत दिने सम्बन्धमा एकीकृत समाजवादी पार्टीको धारणा के हो भन्ने जिज्ञासामा उनले व्यक्तिगतरुपमा प्रधानमन्त्री ‘प्रचण्ड’प्रति सकारात्मक धारणा रहेको उल्लेख गर्दै विश्वासको मत दिने सन्दर्भमा सरकार कुन ढङ्गले अघि बढ्छ त्यो हेरेर टुङ्गो लगाउने बताए।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ गतेदेखि प्रारम्भ हुँदैछ । पुस २६ गते बस्ने बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वास मत लिने तय भएको छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ७ : १३ बजे

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण