एम्बुलेन्स अभावमा बिरामीलाई अस्पताल पुर्‍याउन समस्या « Khabarhub

एम्बुलेन्स अभावमा बिरामीलाई अस्पताल पुर्‍याउन समस्या


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पुर्‍याउन समस्या भएको छ।

सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो। अस्पतालका प्रमुख डा शंकरराज लामिछानेले भएको एउटामात्र एम्बुलेन्स बिग्रिएपछि समस्या भएको बताए।

‘हाडजोर्नीसम्बन्धी समस्या भएका र अक्सिजन लगाएर रिफर गर्नुपर्ने बिरामी दैनिक दुई–तीन जना हुन्छन्’, उनले भने, ‘हामीसँग भएको पाँच वर्ष पुरानो एकमात्र एम्बुलेन्स पनि बिग्रिएर दुःख दिन थालेको छ।’

पछिल्लो दुई महिनामा एम्बुलेन्स मर्मतमा मात्र एक लाख ५० हजारभन्दा बढी खर्च भएको डा. लामिछानेले बताए। बेनी अस्पतालले बागलुङ, पोखरा, काठमाडौँ, चितवनलगायतका अस्पतालमा रिफर गर्ने बिरामीलाई त्यहाँ पुग्ने सवारीसाधन पाउन कठिन हुन थालेको छ।

आकस्मिक, अक्सिजन लगाउनुपर्ने र हाडजोर्नीबाहेकको समस्या भएका बिरामी ट्याक्सी चढेर अस्पताल जाने गर्छन्। अस्पतालको एम्बुलेन्स बेनी बाहिर गएको र बिरामी धेरै भएको अवस्थामा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको एम्बुलेन्स बोलाउने गरिएको छ।

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले नयाँ एम्बुलेन्स उपलब्ध गराउन प्रदेश र संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गरिएको बताए। लायन्स क्लब, भारतीय दूतावासलगायत दातासँग पनि एम्बुलेन्स उपलब्ध गराउन प्रस्ताव गरेको सुवेदीले बताए।

म्याग्दी प्रवासी नेपाली संघ बेलायतले नेपाल रेडक्रस सोसाइटीको जिल्ला र भुरुङ–तातोपानी उपशाखालाई आठ वर्षअघि उपलब्ध गराएको दुईवटा एम्बुलेन्स बिग्रिएपछि दुई वर्षदेखि बेनी अस्पताल परिसरमा थन्किएका छन्। दरवाङ उपशाखालाई मोनाले दिएको एम्बुलेन्स पनि मालिका गाउँपालिकाको कार्यालय अगाडि थन्क्याएर राखिएको छ।

धवलागिरि, अन्नपूर्ण गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको एक/एक एम्बुलेन्स ग्रामीण क्षेत्रका बिरामीलाई सदरमुकाम बेनी ल्याउन व्यस्त हुन्छन्। धवलागिरि गाउँपालिकाले गत वर्ष एम्बुलेन्स सञ्चालन गरेको थियो।

रेडक्रस र अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स २०७५ मा भारतीय दूतावासले प्रदान गरेको हो। प्रवासी नेपालीले २०७१ मा उपलब्ध गराएको तीनवटा एम्बुलेन्स मर्मत र सञ्चालनका लागि १० लाख ८० हजार २८० को एम्बुलेन्स सेवा अक्षयकोष स्थापना गरेको थियो।

ग्रीन बैंकको बेनी शाखामा रहेको अक्षयकोषको ब्याजबाट एम्बुलेन्सको बिमा शुल्क तिर्ने गरिएको रेडक्रस सोसाइटी म्याग्दीले जनाएको छ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ८ : ३० बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक