काठमाडौँ – ‘मैले गत गत वर्ष भाडा बापत ४ हजार ५ सय लिरा तिरेको थिएँ। यो वर्ष घरबेटीले भाडा बढाउन खोजेका थिएँ। हामीले कुल भाडालाई दुई गुना बढाएका थियौ। तर उसले हामीलाई छाडेर जान नै भनेको छ’ टर्कीकी एक युवा व्यवसायीले पोखेको महंगीको मार हो यो।
देशको मुद्रास्फीति ५७ प्रतिशतले गिरावट आएपछि समस्या भोगी रहेका धेरै जना मध्ये उनी पनि एक हुन्। २० वर्ष सत्तामा रहेका राष्ट्रपति रिक्याप ताइप एर्दोगानले १४ मे का लागि निर्वाचनको मिति घोषणा गरेका छन्। सायद उनी अर्को कार्यकालमा पनि सत्तामा रहन चाहन्छन्।
संसदीय र राष्ट्रपतीय निर्वाचन एकै दिन सकिने छ। सेडा भने आवासका लागि फ्ल्याट खोज्ने क्रममा सक्रिय रही रहिन्। यस क्रममा उनले एक स्थानमा ३० हजार लिराको फ्ल्याट पाइन्। उनको आम्दानी अनुसार त्यसलाई स्वीकार गर्न अत्यन्त कठिन थियो।
नागरिकलाई जीवन यापन कठिन भएको समयमा राष्ट्रपतिले अर्को कार्यकलामै महत्त्वाकाङ्क्षी घोषणा पत्र सार्वजनिक गरेका छन्। इर्डोगानको मुद्दामा ऊर्जामा क्षतिपूर्ति, न्यूनतम ज्यालादारलाई दुई गुना गर्ने तथा पेन्सन सुविधामा वृद्धि लगायत छन्।
केही समयमा नै २० लाख जनाले अवकाश पाउँदै छन्। यो घोषणाले ती २० लाखको सहानुभूति पाउने प्रयास उनले गर्ने छन्। उनको यो घोषणाले इस्तानबुलको ग्रोसरीमा सामान किन्न लागेको भिडमा कुनै असर नै गरेको देखिँदैन।
गत वर्ष इलेक्ट्रोल अधिकृतहरूलाई मानमर्दन गरेको आरोपमा उनलाई राजनीति गर्न प्रतिबन्ध लगाएको थियो भने तीन वर्ष जेल सजाय सुनाइएको थियो।
एक व्यक्तिको गुनासो भने आफ्नै ठाउँमा छ। अहिले मुद्रास्फीतिको असर ६ सय प्रतिशत बढेको छ। तर, पेन्सन भने ३० प्रतिसतले बढ्दै छ। तसर्थ यस किसिमको पेन्सन बढेर मात्र समस्याको समाधान हुन नसक्ने उनको जिकिर छ।
धेरै विशेषज्ञ भने चाँडो निर्वाचन गर्ने इर्डोगानको घोषणाले त्यहाँका केही विषयलाई पक्कै पनि असर गर्ने छ। तर ग्लोबल सोर्स पार्टनर टर्कीका कन्सल्ट्यान्ट याति यसिलादा यो मुद्रास्फीतिको अझ डरलाग्दा असर देखिन नै बाँकी रहेको बताउँछन्। तत्कालै पेन्सन सुविधामा वृद्धि नगरिए उनको आलोचना अझ धेरै हुने छ।
इर्डोगानको मुख्य प्रतिद्वन्द्वी मध्य दक्षिणपन्थी र वामपन्थी गठबन्धनसँग हुने छ। सो गठबन्धनलाई टेबल अफ सिक्स भनिन्छ। उनीहरूले भने त्यस भन्दा उल्टो आर्थिक नीतिको घोषणा गरेका छन्। कसिलो मुद्रा नीति लिने उनीहरूले केन्द्रीय बैकको स्वतन्त्रतालाई मुख्य मुद्दा बनाएका छन्। उनीहरूले राष्ट्रपतिको उम्मेदवार भने चयन गरेका छैनन्।
१३ फेब्रुअरीको दिन उनीहरूको दिन उनीहरूले चयन गर्ने छन्। त्यसै दिन कोरियाको प्रमुख प्रतिपक्षी रिपब्लिकन पिपुल्स पार्टी सीउचपीका अध्यक्ष केमाक किलिक डार्लुनै उम्मेदवार हुने अपेक्षा गरिएको छ। इस्तानबुलका मेयर एक्रम इस्तानगुलुम अर्का दाबेदार हुन्।
गत वर्ष इलेक्ट्रोल अधिकृतहरूलाई मानमर्दन गरेको आरोपमा उनलाई राजनीति गर्न प्रतिबन्ध लगाएको थियो भने तीन वर्ष जेल सजाय सुनाइएको थियो। पछि राजनीतिक शक्तिको प्रयोग गर्दै यसलाई डिसमिस गरिएको थियो। कार्यालयमै सक्रिय उनले पुनरावदोनका लागि भने अपिल गरेका छन्।
वासिङ्टन इन्स्टिच्युटका थिंक ट्याङ्क सोनार कापाटेगे उनलाई प्रतिबन्ध लगाउने निर्णय प्रत्युत्पादक हुन सक्ने बताउँछन्। उनले यस घटनालाई इर्डोगानको सन् १९९० को दशकको सुरुवाती अवस्थालाई सम्झिएका छन्। जुन समय न्यायालयले नै लोकप्रिय रहेका इर्डोगानलाई प्रतिबन्ध लगाएको थियो।
टर्कीले स्विडेनलाई १ सय २० जनाको नामावली बुझाउने र ती सबैलाई गिरफ्तार गर्दै बुझाउने माग राखेको छ।
त्यसै घटनाका कारण उनी नायक ठहरिए। निर्वाचन सकिए पछि उनी फेरी सत्तामा आए। यस टर्कीको तेस्रो ठुलो दल पिपुल्स डेमो्याटिक पार्टीको भूमिका पनि प्रमुख हुन सक्छ। कुर्दीस सैन्य सङ्गठनसँगको सहकार्यमाथि पनि प्रतिबन्ध लाग्न सक्ने सम्भावना पनि छदै छ। आतङ्ककारी प्रोपोगान्डामा सरिक भएका कारण यसका नेला सेलाहतिन डेमीरेटलाई जेल चलाउन गरिएको थियो।
पार्टीका उपनेता हिसायर ओज्सीले अधिकारीहरूले उनीहरूलाई जे पनि गर्न सक्ने छन। तर उनले आफूलाई समर्थन गर्ने दल प्रतिको उनले आफ्नो दल माथि प्रतिबन्ध लागे अन्य कुनै दललाई समर्थन गर्ने बताएका छन्। राष्ट्रपतीय निर्वाचन दोस्रो चरणमा प्रवेश गरेमा त्यसै दलको समर्थन निर्णायक हुन सक्ने छ।
अहिलेसम्म कसैले पनि राष्ट्रपतिमा उम्मेदवारको घोषणा गरेका छैनन्। इर्डोगानले आफैले पनि अहिलेसम्म घोषणा गरेका छैनन्। सबैभन्दा बढी दुई पटक कार्यभार सम्हाल्न पाउने प्रावधान भएको टर्कीमा उनको दोस्रो कार्यकाल नै चली रहेको छ। तसर्थ उनी उम्मेदवार हुन पाउने या नपाउने भन्ने अर्को बहसको विषय बनेको छ।
यो प्रावधान रहे निस चपाट्गेइर्डोगानले चाहेमा राष्ट्रपतिमा उम्मेदवार हुन सक्ने बताउँछन्। उनको लोकप्रियताका कारण नियम र कानुन उल्ट्याए उनी निर्वाचित हुने सम्भावना बढेको हो। यस निर्वाचनले अन्य धेरै कुराको तय गर्ने छ। खासमा विपक्षी दलले तानासाह या लोकतन्त्रको बाटो रोज्ने भन्ने छ। सत्तारुढ दलले भने बारम्बार एउटा कुरा माग अघि ल्याएको छ। दलले क्षतिपूर्ति र मुद्रास्फीतिका प्रभावलाई न्यूनीकरण मात्र आफ्नो मुख्य मुद्दा बनाएको छ।
अनेकौँ मुद्दाका बिच टर्कीको निर्वाचन हुँदै छ। यसमा जीवनयापनको समस्या कसरी निराकरण गर्ने भन्ने नै प्रमुख हो।
सन् २००३ देखि टर्कीको सत्ता सम्हालेका इर्डोगान सुरुमा प्रधानमन्त्री थिए। त्यस पछि प्रत्यक्ष निर्वाचित राष्ट्रपति भए। यो निर्वाचनले तेस्रो दशकमा उनको यात्रा अघि बढ्ने या नबढ्ने भन्ने कुराको तय गर्ने छ। टर्कीको वैदेशिक नीति पनि यस बिचमा प्रमुख चासोको विषय हुने छ। केही दिन अघि राष्ट्रसितले नाटोमा फिनल्यान्डसँग आबद्ध हुन आफू सहमत रहेको जनाएका थिए। परन्तु उनले स्विडेन प्रतिको धारणा भने सही छैन। स्विडेनमा रहेका टर्कीका विद्रोहीलाई सुपुर्दगी गर्ने कुरामा नै यी दुई देश बिचको सम्बन्ध खलबलिएको हो।
लामो समय कुने पनि सङ्गठनमा आबद्ध नहुने सोच बनाएका फिनल्यान्ड र स्विडेनले रुसले युक्रेन माथि आक्रमण गरे पछि नाटोमा सदस्यताका लागि निवेदन दिएका हुन्। नाटोका सबै सदस्यले उनीहरूको निवेदनलाई स्वीकार गरे पनि टर्की र हंगेरी भने उनीहरूको निवेदनलाई अनुमोदन गराउन असमर्थ रहे। टर्कीले स्विडेनलाई १ सय २० जनाको नामावली बुझाउने र ती सबैलाई गिरफ्तार गर्दै बुझाउने माग राखेको छ।
स्विडेनमा फिनल्यान्डमा भन्दा बढी कुर्दीस विद्रोही छन्। यस बारेमा दुई देशका बिच बारम्बार वार्ता नभएको होइन। परन्तु समस्या समाधान तर्फ उन्मुख भएको छैन। टर्कीले आफू सहित अमेरिका बेलायतले आतङ्ककारी सङ्गठन भनेको कुर्दीस वर्कर पार्टीसँगको सामीप्य त्याग्नु पर्ने बताएको छ। टर्कीले भने जस्तै कठोर आतङ्कवाद ऐन ल्याउने मिल्ने गरी स्विडेन कानुमा परिवर्तन गरेको छ। फिनल्यान्ड र टर्की दुवै देशले टर्कीमा हात हतियार नबेच्ने निर्णय गरेका छन्।
स्विडेन र फिनल्यान्डसँग टर्कीको सम्बन्ध पनि त्यहाँको निर्वाचनले केही हदसम्म तय गर्ने छ। यस्ता अनेकौँ मुद्दाका बिच टर्कीको निर्वाचन हुँदै छ। यसमा जीवनयापनको समस्या कसरी निराकरण गर्ने भन्ने नै प्रमुख हो।
(श्रोत : बीबीसी)
प्रतिक्रिया