दरबारमार्गको स्थापना १९६१ सालमा वीरेन्द्र युवराज हुँदा उहाँकै योजना अनुसार बनाइएको हो। आज हामी जुन घर भेट्छौँ ती घरहरू निकै कम थिए। अन्नपूर्ण आर्केको एउटा भवन थियो। त्यसपछि आएर कतैकतै घर थियो। बाँकी सबै ठाउँ खुला थियो र समय अनुसार घर र पसलहरू बन्दै गए। अहिलेको अवस्थामा आउन ६० देखि ६५ वर्ष लाग्यो।
दरबारमार्ग जतिसुकै प्रख्यात भए पनि त्यहाँ भित्र अँध्यारा कथा छन्। मान्छेलाई विश्वास गर्न गाह्रो हुन्छ कि दरबारमार्गमा पानीको व्यवस्थापन छैन। पानीको अभाव छ। घर बन्दै जाँदा ढलको समस्या छ। ढललाई वर्षाको पानी बग्ने ठाउँमा जोडिएको छ। जसका कारण ढल गन्हाएर मान्छे हिँड्न सक्दैनन्। हरेक समय समयमा हामीले सफा गरिरहनुपर्छ।
जब यो दरबारमार्ग प्रख्यात बन्दै गर्दा विकृति बढ्दै गए। त्यहाँ सरसफाइ छैन। जहाँ पनि पार्किङ हुन थाल्यो। यहाँ बच्चा आउन जान छोडे। १२ देखि १४ वर्ष तिरका केटीहरू स्टक लगाएर आए भने त्यो नै तानिदिने, बच्चा आइसक्रिम खाएर हिँड्यो भने त्यो नै खोस्दिने भयो। त्यस्तो विकृति बढ्दै गएपछि अब विकास गर्नु पर्दछ। यो सबै गर्दा व्यवसायी चुप लागेर बस्दैनन् भनेर दरबारमार्ग विकास बोर्ड हामीले स्थापना गरेका हौं। हामी सबै मिलेर बोर्ड खोल्यौँ। बोर्डको उद्देश्य भनेको सरसफाइ, आगन्तुकलाई सुविधा र सुरक्षा हो।
हामीले १९९१ मा ८७ वटा रुख एउटा रुखलाई ३८ हजार रुपैयाँ खर्च गरे रोप्यौँ। हामीले त्यसको संरक्षण पनि गर्यौं। चौतारा पनि बनार्यौं। चार जना स्वाइपर राखेर दिनदिनै सडक सफा गरेको छौँ, विकृति हटाउन सुरक्षाकर्मी राख्यौँ। दरबारमार्ग विस्तारै सफा हुन थाल्यो र आगन्तुक आउन थाले।
साँझा ८ बजे बत्ती निभ्यो भने अन्धकार हुन्थ्यो। हामीले बीच सडकमा एक करोड २० लाख खर्च गरेर सोलार राख्यौँ। नगरपालिकासँग सल्लाह गरेर गयौँ। अहिले सबै मिलेर जति सकिन्छ त्यति संरक्षण गरेर आगन्तुक आउने वातावरण बनायौं। दरबारमार्गको सडक मात्र होइन अहिले हरेक ठाउँबाट आएका मान्छे दरबारमार्गमा भेटौँ भन्ने ठेगानाको रूपमा विकास भएको छ। पर्यटक अन्तरिक वा बाह्य जो भए पनि कहाँ बस्ने त भन्दा दरबार मार्ग भनिन्छ। यो सबै विकास दरबारमार्ग विकास बोर्डको सक्रियताले भएको हो।
पार्किङको कुरामा सुरुसुरुमा दरबारमार्ग खाली नै थियो। दरबारमार्गमा मान्छे आउने भनेको जय नेपाल सिर्जना हलको फिल्म सकियो भने दिउँसो ३ बजे एकै पटक मान्छे आउँछ। साँझ ६ बजे फेरि आउँछ। त्यसपछि सुनसान नै थियो। विस्तारै गाडीका चाप बढ्दै गयो र फुटपाट भरी बाइक र गाडी पार्किङ हुन्थ्यो। हामीले त्यो व्यवस्थापनको लागि दरबारमार्गमा पुलिस राखेर ट्राफिक राखेर दरबारमार्ग विकास बोर्डको बनावटमा व्यवसायीक घर र खाली क्षेत्रमा सरकारी निकायका प्रहरी, ट्राफिक र वडालाई राखका छौँ।
पार्किङको विकृति बढ्दै गयो र हामी व्यवसायीले आगन्तुकलाई असहज नहोस् भनी प्रहरी र ट्राफिकसँग बसेर कसरी व्यवस्थापन गर्ने भन्दा ७० फिटको चौडाई भएको दरबारमार्ग चार लाइनको लागि धेरै ठूलो छ। त्यसले गर्दा हामीले पाँच लाइन बनायौँ। दुई लाइन एकातिर र तीन लाइन अर्को तिर। जुन तिन लाइनको साइडमा एक लाइनलाई पार्किङ भनेर निर्णय गयौँ। त्यसरी हामी सबै मिलेर निर्णय गरेको कुरालाई कोही नयाँ व्यक्ति आएर रातारात, कुनै सूचना बिना परिवर्तन गर्छ भने त्यो नकारात्मक निर्णय हो। त्यसले गर्दा दरबारमार्ग विकास बोर्डका सम्पूर्ण सदस्य, व्यवसायीक घरबाट पार्किङ हटाइयो त्यो फिर्ता लिएर जुन पार्किङको लेन छ त्यो पार्किङमा नै निरन्तरता दिनुपर्छ भन्ने हाम्रो माग छ।
(महानगरको विकल्प बिनाको गैर कानुनी ज्यादती बारे खबरहबले आयोजना गरेको कार्यक्रममा दरबारमार्ग विकास बोर्डका पूर्व अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले राखेको धारणाको सम्पादित अंश:)
प्रस्तुति : पुष्पाञ्जली बस्नेत
प्रतिक्रिया