कर्णाली राजमार्ग स्तरोन्नति नहुँदा स्थानीयलाई सास्ती « Khabarhub

कर्णाली राजमार्ग स्तरोन्नति नहुँदा स्थानीयलाई सास्ती


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भेरीगङ्गा– कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्सेनि राजमार्गमा यात्रा गर्ने कर्णालीवासीले सास्ती बेहोर्दै आएका छन् । राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि स्तरोन्नति हुनसकेको स्थानीयले गुनासो गरेका छन् । राजमार्ग स्तरोन्नति नहुँदा यात्रुलाई मात्र होइन, सवारी चालक र गाडीधनीलाई पनि उत्तिकै पिरोल्ने गरेको छ । 

सडक सञ्चालनमा आएको लामो समय भइसक्दा पनि कर्णाली राजमार्गमा ढुक्क साथ यात्रा गर्न सकिने अवस्था नरहेको स्थानीयको भनाइ छ । सडक जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको कालीकोटको पचालझरनाका स्थानीय कटकबहादुर बमको भनाइ छ । 

‘हामी  वर्षौँदेखी जोखिमपूर्ण यात्रा गर्न बाध्य छौँ’, उनले भने, ‘कहिले धुलाम्मे त कहिले हिलाम्मे सडकमा यात्रा गर्दा  दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।’

कर्णाली राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ । सुर्खेतको बीरेन्द्रनगरदेखि दैलेख हुँदै कालीकोटको दही खोलासम्म सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ भने राजमार्गअन्तर्गत दही खोलादेखि जुम्ला खलङ्गासम्म सडक डिभिजन कार्यालय जुम्लाले हेर्दै आएको छ । 

सडक डिभिजनमार्फत टुक्रे मर्मत-सम्भारका काम हुँदै आएको छ । सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनियर चित्र चौलागाईंले भने, ‘ठाउँ ठाउँमा हामीले स्तरोन्नति गरिरहेका छौँ । तर बजेट नहुँदा समस्या परिरहेको छ, हाम्रो क्षमताले गर्न सक्ने काम गरिरहेका छौँ ।’

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात सहसचिव एवम् (प्रवक्ता) मन्त्रालयका शिवप्रसाद नेपालले स्रोत नहुँदा कर्णाली राजमार्ग स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको बताए । ‘अहिले नेपाल सरकार उक्त राजमार्ग निर्माणका लागि स्रोतको खोजीमा छ’, उनले भने ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  २ : ३५ बजे

लगातार चौथो जित निकाल्न लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको

लुम्बिनीका तीन खेलाडी एकै ओभरमा आउट 

काठमाडौं–  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा

पातपतिङ्गरबाट जैविक मल उत्पादन गर्दै स्थानीय

गण्डकी– पोखरा महानगर-१८ स्थित ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूह

ह्वाइट हाउसनजिकै अफगान युवाले नेशनल गार्डलाई हाने गोली, दुईजना गम्भीर घाइते

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसनजिकै बुधबार दुई नेशनल

हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु

हङकङ– हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय