विश्वमा लडाकु ड्रोन निर्यात गर्ने सबैभन्दा ठूलो मुलुक बन्यो चीन « Khabarhub

विश्वमा लडाकु ड्रोन निर्यात गर्ने सबैभन्दा ठूलो मुलुक बन्यो चीन


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीन लडाकु ड्रोन निर्यात गर्ने सबैभन्दा ठूलो मुलुक बन्न पुगेको छ । चीनले साउदी अरब, म्यान्मार, इराक, इथियोपियाजस्ता मुलुकलाई लडाकु ड्रोन निर्यात गर्दै अएको छ ।

पछिल्लो समय साउदी अरबले पनि यमनमा जारी युद्धका क्रममा चीनमा निर्मित ड्रोन प्रयोग गर्न थालेको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

त्यसैगरी इराकी सुरक्षा अधिकारीहरुले पनि आतंकवादी संगठन इस्लामिक स्टेटका लडाकुलाई निशाना बनाउन चिनियाँ ड्रोनको प्रयोग गर्ने गरेको जनाएका छन् ।

यसबाहेक म्यान्मारमा शासन गरिरहेको सैनिक सरकारले पनि विद्रोहीलाई निशाना बनाउन चीनमा निर्मित ड्रोनको प्रयोग गर्दै आएको छ ।

गृहयुद्ध झेलिरहेको अफ्रिकी मुलुक इथियोपियामा चिनियाँ ड्रोनको प्रयोग बढिरहेको अल जजीराले उल्लेख गरेको छ ।

यसैगरी, मोरक्को, इजिप्ट, अल्जेरिया, युएई, पाकिस्तान सर्बियाजस्ता मुलुकले पनि चिनियाँ ड्रोन खरिद गरेका छन् ।

विश्वव्यापी हतियारको तथ्यांक राख्ने स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट सिप्रीले पछिल्लो दशकमा चीनले १७ मुलुकलाई २ सय ८२ लडाकु ड्रोन निर्यात गरेको जनाएको छ । यसको तुलनामा अमेरिकाले सोही अवधिमा केबल १२ लडाकु ड्रोन अर्को देशलाई निर्यात गरेको छ ।

लडाकु ड्रोन निर्यातमा चीनले उछिनेपछि निगारानी गर्ने ड्रोनको निर्यातमा भने अमेरिका अझै शीर्ष स्थानमा रहेको सिप्रीले उल्लेख गरेको छ ।

चीनले हालसम्म कुनै सैनिक कारवाहीका क्रममा लडाकु ड्रोनको प्रयोग नगरेको भएपनि गत सेप्टेम्बर महिनामा ताइवानी जलक्षेत्र आसपास चीनले सैन्य अभ्यास गर्दा लडाकु ड्रोन तैनाथ गरेको थियो ।

अन्तर्राष्ट्रिय सैन्य विश्लेषकहरु भने कुनै पनि युद्धको अवस्थामा चीनले ठूलो सङ्ख्यामा ड्रोनको प्रयोग गर्ने बताउँछन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ७ : ५२ बजे

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र