युनाइटेडमाथि लिभरपुलको ७ गोल « Khabarhub

युनाइटेडमाथि लिभरपुलको ७ गोल


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर युनाइटेडलाई लिभरपुलले ७–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

इ‌ग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा घरेलु मैदानमा लिभरपुलका लागि मोहमद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २–२ तथा रोबर्टो फिर्मीनोले १ गोलले ७–० को फराकिलो अन्तरले जीत हासिल गरेको हो ।

पहिलो हाफमा १–० को मात्र अग्रता लिएको लिभरपुलेले दोस्रो हाफमा ६ गोल थपेको थियो भने पहिलो हाफको ४३ औं मिनेटमा गाक्पोले सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवाती ५ मिनेट भित्रै न्युनेज र गाक्पोले लगातार गोल गरे भने ६६ औं मिनेटमा सलाहले अर्को गोल थपे । ७६ औं मिनेटमा न्युनेजले अर्को गोल थपेको ७ मिनेटमा नै सलाहले व्यक्तिगत दोस्रो गोल गरे ।

उता, खेलको २ मिनेट समय बाँकी रहँदा रोबर्टो फिर्मिनो गोल गरे पछि लिभरपुलले ७–० को फराकिलो जीत हासिल गर्न सफल भयो ।

यस जितसँगै लिभरपुल ४२ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ भन् युनाइटेड ४९ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ८ : ४६ बजे

कांग्रेस महाधिवेशनको बन्द सत्र : सभापतिको प्रतिवेदनमाथि तीन छुट्टाछुट्टै हलमा छलफल

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी