जनयुद्धकालीन मुद्दा अदालतले हेर्ने होइन : बाबुराम भट्टराई « Khabarhub

जनयुद्धकालीन मुद्दा अदालतले हेर्ने होइन : बाबुराम भट्टराई


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने पाउने तर जनयुद्धकालीन मुद्दा अदालतको नियमित काम नभएको बताएका छन् ।

सामाजिक सञ्जालबाट उनले आफ्नो हिजोका अभिव्यक्तिमा स्पष्टीकरण दिएका हुन् । ‘सानो स्पष्टीकरण: बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ, म आफै प्रम छँदा थुप्रै मुद्दा खेपेको छु, अदालतमा हाजिर भएको छु, भट्टराईले भनेका छन्, ‘तर शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन, प्रम प्रचण्डको हकमा पनि त्यही हो, आवेग हैन विवेकले काम गरौं ।’

गत शुक्रवार सर्वोच्च अदालतले फौजदारी मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न सक्ने आदेश दिए पछि अनेक तर्क आइरहेको बेला माओवादी नेताहरु हिजो एउटै मञ्चमा उभिएर त्यसको प्रतिवाद गरेका थिए।

आठ दलीय गठबन्धनले पनि हिजै साँझ जनयुद्धकालीन अर्थात् सङ्क्रमणकालीन मुद्दा अघि बढाउन सत्य निरूपण मेलमिलाप आयोगलाई सक्रिय बनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ९ : १३ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी