निगम सुधार गर्नुको विकल्प छैन | Khabarhub Khabarhub

निगम सुधार गर्नुको विकल्प छैन

'सबै आफ्नो ठाउँमा इमान्दार भए देशको विकास हुन्छ'


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अब हामी विगतको कमी कमजोरी गर्ने छैनौँ भन्दै मंसिरको निर्वाचनको समयमा राजनीतिक दलहरूले जनतासँग एउटा प्रतिबद्धता जनाएका थिए। सत्ता केन्द्रित राजनीति होइन जनता केन्द्रित राजनीति गर्छौं र सरकारमा गएपछि केवल जनताको शासक बन्ने होइन जनताको सेवक बन्छौं भन्ने प्रतिबद्धता त्यसबेला जनाएका थिए। तर दलहरुले चुनावको प्रतिबद्धता बिर्सिएका छन्। यो नयाँ सरकारले जनताको सेवक बनेर काम गर्न नसकेको भन्दै आलोचना सुरु भइसकेको छ। सत्तामा पुगेपछि के साँच्चै नेताले प्रतिबद्धता बिर्सिएका हुन् ? कि जनताको पक्षमा काम भइराखेको छ ? यी र यस्तै विषयमा आधारित रहेर संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीसँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंश :

मन्त्री हुँदा आखिर के हुँदो रहेछ ?
जिम्मेवारी थपिने रहेछ। अरू केही हुँदैन। मान्छे उही हो। जिम्मेवारी बहन गर्नसक्ने क्षमता हुनुपर्ने रहेछ। जुन घेरामा परिन्छ त्यसको उचित प्रयोग तथा त्यो घेरालाई तोड्ने क्षमता हुनुपर्ने रहेछ। म आफ्नो कार्यप्रति सचेत भएर लागि परेको छु।

मन्त्रालयबाट मानिसले अपेक्षा गरेको कुरा के के रहेछन् ?
१० वर्ष त म सांसद भएँ। एउटा गाउँको मान्छे सचिवालयमा आएर कार्य गर्ने गरेको म सांसद हुँदा जुन आँखाले मैले यो देशलाई हेरेको थिएँ सरकारको सदस्य भएर आएपछि देशको चित्र मैले अर्को नै देखिरहेको छु। साधारण जनताले हेर्ने, मन्त्री नै भएर हेर्ने भिजनहरू फरक फरक रहेको छ। धेरै काम गर्न बाँकी छ।

यो देशको नागरिक उड्डयन, पर्यटन र संस्कृति क्षेत्रमा भएको समस्याको कारण के रहेछ ?
धेरै पक्षमा समस्या रहेको छ। नेपालको एउटा आर्थिक विकासको मेरुदण्ड पर्यटन हो। पर्यटनलाई नेपालको सापेक्षयतामा हामीले कृषि विकास गर्ने ठूलो आर्थिक विकासमा यसले कस्तो योगदान गरेको छ भन्ने कुराको खोज गर्नुपर्छ। मन्त्रालय र नीति निर्माणमा ध्यान दिएर अगाडि बढाउनुपर्छ। यही कानुन भित्र पनि धेरै पक्षको सुधार गर्नु अति नै आवश्यक रहेको छ। जुन कार्यको पनि अनुसन्धान अलिकति बाहिरबाट नै सुरु भएको हुन्छ। त्यसलाई हामीले कानुन अनुसार बनाउनुपर्ने रहेछ।

तपाईंले त्रिभुवन विमानस्थल सुधारको लागि के के पहल गर्नुभयो ?
तपाईंहरूसँग यात्रा गर्ने याफ्टिङको यात्री हो। सबै कर्म गर्नुपर्छ र सबैले जोखिम र गम्भीरता बहन गरेर अगाडि बढ्नुपर्ने हुन्छ। हाम्रो देशको विविधतालाई बुझ्न सकोस्। पुर्खाले निर्माण गरेको विकास त्यो पनि हामीले गर्न सकेको छैन। जसमा पुर्खाले बनाएको खानाको परिमार्जन गर्न हामीले नसकेको अवस्था रहेको छ। हाम्रो संस्कृतिलाई प्रकृतिसँग मिसाएर पर्यटनसँग बेच्न सकिएन।

त्यहाँको संस्कृतिको कुरा गर्ने हो भने बहुआयामिक तथा अथाह सम्भावना रहेको छ। त्यसको एक अंश पनि हामीले प्रयोग गर्न नपाएको वा नसकेको हो ?
हामीले हाम्रो सोच विचारलाई आयातित गरेका छौं। स्थानीयकरण गर्न सकिएन। जनतालाई बुझने तथा जनताका आवश्यकता अनुसार गर्न सकिएन। विदेशी मुद्दा आर्जन गर्नको निम्ति नेपालीपनको पर्यटन बनाइनुपर्छ। पर्यटनका निम्ति नेपालमा आफ्नो काम गरेमा पनि नकारात्मक पक्षबाट आलोचना गर्ने रहेछ। तर नेपालमा काम नै नगर्ने परम्परा रही आएको छ।

तपाईंको मन्त्रालयले पर्यटन विकासको निमित्त के कस्तो आयोजना गरिरहेको तथा बनाएको छ ?
आज यो ४५–४६ दिनको समयमा सबै हाम्रो मन्त्रालयको स्थितिको बारेमा खोज गर्ने माध्यमाको रूपमा रहेको छ। मेरो पहिलो चरणको फोकस विमानस्थल राम्रो सुधार गर्न, यात्रुहरूलाई सुविधाजनक रूपमा आवत जावतको वातावरण बनाउने नै हो। धेरै विमानस्थल बनाइयो त्यसमा जनताको पैसा छ। तर सबैमा जहाज जाँदैन। जनता घाम तापेर बसेको छ। विमास्नथललाई कसरी सुधार गर्ने भन्ने तिर मेरो ध्यान रहेको छ। १८ घण्टा चलाउनु पर्ने जहाज चरनमा भेडा बसेजस्तो काम नपाएर बसेको अवस्था छ। पशुपतिलाई सफा पशुपति बनाउने, अहिले हामीले हिन्दु विश्व विद्यालय खोल्ने भनेर पाँच सदस्य समिति गठन पनि गरेका छौँ। विश्वमा छरिएर रहेका हिन्दुलाई आकर्षण गर्न सकियो भने उनीहरू धाममा मात्र आउने छैनन्। लुम्बिनीको भौतिक पूर्वाधारमा सुधार ल्याउने, सगरमाथा अझ सुधार गर्ने सोच बनाए अगाडि बढेका छौं। विमास्थल र पशुपति क्षेत्रको आर्थिक अनियमितता, भ्रष्टाचारले जरो गाडेको अवस्था र सेटिन तोड्ने काम हुँदैछ।

हरेक खालको क्रियाकलापलाई तोड्नको निमित्त तपाईंका प्रयास पर्याप्त होलान त ?
मेरो तर्फबाट इमानदार कोसिस गर्छु। मैले पाएको कर्तव्यको पालना र मेरो आँखा अगाडि भएका र देखिएका घटनाको निर्मूल गर्छु। यो हल्लै हल्लाको देशमा जन्मिएका छौं। त्यसमा कुनै आपत्ति नै छैन। म कागले कान लग्यो भनेर कागको पछाडि कुद्ने मान्छे होइन, पहिला कान छाम्ने मान्छे हो। आफ्नो कार्यकाल पूरा गर्न सकियो भने केही छाप छोडेर जान सकिन्छ।

त्यो छाप छोड्न कति समय ६ महिना, एक वर्ष तथा दुई वर्ष कति समयको खाँचो पर्छ ?
हाम्रो देशमा छिटो छरितो तरिकाले कुनै काम भएको तथा गर्ने कल्चर नै छैन। हामी भित्रदेखि नै सक्रिय ढङ्गले काम गर्न खोज्नेका निम्ति पनि विभिन्न बाधा रहेका छन्। आ–आफ्नो ठाउँमा हामी इमानदार बन्दै जाने हो भने देशको विकास हुन्छ जस्तो लाग्छ। अरूको कपी गरेर होइन, नेपालको छुट्टै मौलिकता सिर्जना गर्नु आवश्यक छ।

चिनियाँलाई नेपाल आउने वातावरण सहज नभएको हो ?
त्यो होइन। पर्यटनको विभिन्न आयाम छन्। यो विदेशी मात्र नभएर आन्तरिक पनि हो। हामीले यो भन्नुपर्छ कि सगरमाथाको मान्छेले जनकपुरको रेल हेर्नुपर्छ, जनकपुरकोले अन्नपूर्ण हिमाल हेर्न जानुपर्छ। मेचीको मान्छेले महाकालीको पुल हेर्न जानुपर्छ यो आन्तरिक पर्यटन हो। भारतीय पर्यटकको छुट्टै विशेषता छ। धर्मकर्म आदि इत्यादि रहेको राम्रो सुविधा सम्पन्न खर्च गर्ने जस्तो रहेको छ। चीनको अर्को नै छ। सफा, सुगर, महंगोमहंगो किनमेल गर्ने महल उनीहरुको रोजाइमा पर्छन्। यो स्थान ठाउँ अनुसार फरकफरक रहेको छ। त्यो सुविधा हामीले अन्य देशबाट आउने पर्यटकलाई दिन सकेका छैनौँ। टिकट पनि महंगो रहेको मुख्य कारण हो। यसमा मान्छेको मिली भगत रहेको छ। तेलको भाडा महंगो छ। विदेशी आएर पनि सुविधा दिन हामीले नसकेको अवस्था छ।

अब वायु सेवा निगम सुध्रिएला ?
सुधार गर्नुको विकल्प नै छैन। म १०० दिन हेर्छु। त्यसपछि एक दिन पनि पर्खिन सक्दिन। देश र जनताको हितमा म जे पनि गर्छु। पद भन्ने केही होइन। आफै मनोमानी नगरी आम जनतालाई सोधेर नै जान्छु। त्यो जुनसुकै स्थानबाट पनि गर्न सक्छु। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ९ : ४८ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने