सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बलान बिहुल गाउँपालिका ४ वेल्हीका ५५ वर्षीय विशो मण्डल रहेका छन् ।

हुलाकी सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बिआर ३२ वाई ६०५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  पोलमा ठोक्किएर दुर्घटना भएको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।

गम्भीर रहेका मण्डललाई उपचारका लागि बोदेबर्साइनस्थित जीवन ज्योति अस्पतालमा उपचारको लागि लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही मोटरसाइकलमा सबार सोही ठाउँका राम लोचन शर्माको १८ वर्षीय छोरा कमलेश कुमार शर्मा घाइते भएका छन् । उनको जीवन ज्योति अस्पताल बोदेबर्साइन सप्तरीमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ६ : ०७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको