सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | Khabarhub Khabarhub

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बलान बिहुल गाउँपालिका ४ वेल्हीका ५५ वर्षीय विशो मण्डल रहेका छन् ।

हुलाकी सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बिआर ३२ वाई ६०५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  पोलमा ठोक्किएर दुर्घटना भएको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।

गम्भीर रहेका मण्डललाई उपचारका लागि बोदेबर्साइनस्थित जीवन ज्योति अस्पतालमा उपचारको लागि लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही मोटरसाइकलमा सबार सोही ठाउँका राम लोचन शर्माको १८ वर्षीय छोरा कमलेश कुमार शर्मा घाइते भएका छन् । उनको जीवन ज्योति अस्पताल बोदेबर्साइन सप्तरीमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ६ : ०७ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र