नयाँ वर्षमा माल्टामा नेपाल डे मनाइने | Khabarhub Khabarhub

नयाँ वर्षमा माल्टामा नेपाल डे मनाइने


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

माल्टा – नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले नेपाली नयाँ वर्षमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माल्टामा नेपाल डे मनाउने भएको छ।

माल्टामा अवस्थित विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि,नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका कार्यसमितिका पदाधिकारीहरूको बैठकले सो कार्यक्रम मनाउने निर्णय गरेका हुन् ।

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारीले नेपाल चिनाउन र नेपालमा पर्यटक भित्र्याउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको बताए ।  नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक अनि विविध भाषा, भेष भूषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु हुनुपर्ने उनले दाबी गरे। भण्डारीले नेपाललाई विश्व सामु चिनाउन र देश विकासको लागी एउटा इट्टा थप्न पर्यटन व्यवसायलाई फस्टाउन आवश्यकता औँल्याए।

रोजगारीको सिलसिलामा कर्मभूमि माल्टामा रहँदै गर्दा पनि आफ्नो मातृभूमिलाई चिनाउनको लागि नेपाली नयाँ वर्ष २०८० सालको अवसर पारेर अप्रिल १६ तारिकका दिन माल्टाको राजधानी भ्यालेटामा नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले सांस्कृतिक कार्यक्रमका साथ नेपाल डे आयोजना गरेको छ ।

उक्त कार्यक्रमलाई नेपाली राजदूतावास लन्डन, स्पेन र प्रचार प्रसार सामग्री उपलब्ध गराइ सहयोग गर्ने नेपाल पर्यटन बोर्ड एवं कोस्टाक्लिन फाउन्डेसन माल्टाले सहयोग गरेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ९ : २६ बजे

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको

निजी क्षेत्रले प्रसारणलाइन निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ : अध्यक्ष कार्की

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले

लगानी सम्मेलन : चिनियाँ कम्पनी सिमेनले नेपालमै ईभी बनाउन ३ अर्ब लगानी गर्ने

काठमाडौं – विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल) को आकर्षक बजार बनिरहेको