न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन गठबन्धनको बैठक सुरु « Khabarhub

न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन गठबन्धनको बैठक सुरु


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – १० राजनीतिक दल आबद्ध सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको गठबन्धनको बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तथा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिने बारेमा छलफल हुँदैछ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले बनाएको न्यूनतम साँझ कार्यक्रमलाई सार्वजनिक गर्नुअघि गठबन्धनका शीर्ष नेताबाट अनुमोदन गराउनका लागि बैठक बसेको हो। शीर्ष नेताबाट अनुमोदन भए पछि आजै साँझ ५ बजे सरकारका प्राथमिकता तथा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिन लागिएको बुझिएको छ।

तत्कालीन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको विषयलाई परिमार्जन गरिएको र नेपाली कांग्रेसका चुनावी एजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको बुझिएको छ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  १० : ०९ बजे

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको