न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन गठबन्धनको बैठक सुरु « Khabarhub

न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन गठबन्धनको बैठक सुरु


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – १० राजनीतिक दल आबद्ध सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको गठबन्धनको बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तथा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिने बारेमा छलफल हुँदैछ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले बनाएको न्यूनतम साँझ कार्यक्रमलाई सार्वजनिक गर्नुअघि गठबन्धनका शीर्ष नेताबाट अनुमोदन गराउनका लागि बैठक बसेको हो। शीर्ष नेताबाट अनुमोदन भए पछि आजै साँझ ५ बजे सरकारका प्राथमिकता तथा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिन लागिएको बुझिएको छ।

तत्कालीन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको विषयलाई परिमार्जन गरिएको र नेपाली कांग्रेसका चुनावी एजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको बुझिएको छ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  १० : ०९ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा