रविले सुशासनको घण्टी बजाउनुको अर्थ छैन : शंकर पोखरेल « Khabarhub

रविले सुशासनको घण्टी बजाउनुको अर्थ छैन : शंकर पोखरेल


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले राहदानी प्रकरणमा क्षमादानको याचना गरेको आरोप लगाएका छन्।

अहिलेको सत्ता गठबन्धनको सरकारसँग लामिछानेले राहदानी प्रकरणमा क्षमादान पाएको भन्दै उनले उपचुनावमा सुशासनको घण्टी बजाउनुको केही अर्थ नभएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो पटक विश्वासको मत लिने भएपछि महान्यायाधिवक्ता कार्यालयले लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णय गरेको थियो। आफूविरुद्ध मुद्दा नचलाउने निर्णय गराएर लामिछाने अहिले चितवन क्षेत्र नम्बर २ बाट फेरि उपनिर्वाचनमा उम्मेदवार भएका छन्।

त्यस्तै महासचिवल पोखरेलले नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतको गठबन्धनले देशको अर्थतन्त्र कमजोर बनाएर कमिसनका लागि कालोबजारी, तस्करी, घुसखोरी र दलाल तथा नोकरशाही तन्त्रलाई यो गठबन्धनले प्रवद्धन गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मुलुकको अर्थतन्त्रलाई कमजोर बनाएर कमिसनका लागि कालोबजारी,तस्करी,घुसखोरी र दलाल तथा नोकरशाही तन्त्रलाई प्रवर्द्धन गर्ने देउवा-प्रचण्डको नेतृत्वको भ्रष्ट गठबन्धनलाई राहदानी प्रकरणमा क्षमादानको याचनासहित समर्थन गर्नेहरूले सुशासनको घण्टी बजाउनुको कुनै अर्थ र महत्व बाँकी रहेन।’

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  १० : ३३ बजे

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

नयाँदिल्ली– लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

किमाथाङ्का– सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको

बर्डफ्लू सङ्क्रमण फैलिएपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी– सुनसरीका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण

बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर– यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण

महाकालीमा बगेर एक जना बेपत्ता

बैतडी– महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण