उद्यमी–व्यवसायीलाई बाबुरामको सुझाव – ‘रणनीतिक मुद्दामा केन्द्रित बनौँ’   « Khabarhub

उद्यमी–व्यवसायीलाई बाबुरामको सुझाव – ‘रणनीतिक मुद्दामा केन्द्रित बनौँ’  


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालका उद्यमी व्यवसायी बिचौलिया बनेर बॉच्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावको सन्दर्भमा बिहीबार ट्विट गर्दै उनले उद्यमी व्यवसायी  उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको बताएका हुन्। ‘देशको अर्थतन्त्र, राजनीति, राज्य विचौलियाहरूको कब्जामा गैरहेछ ! हाम्रा छोराछोरी देशमा सपना देख्न छाडेर किशोर अवस्थामै विदेश पलायन भैरहेछन ! यो कहिलेसम्म?’ उनले प्रश्न गरेका छन्।

खुला सिमानाबाट झण्डै आधा अर्थतन्त्र चुहिएको र सस्तो श्रम निर्यात तथा महँगो वस्तु आयातको असमान सम्बन्धले राष्ट्रिय अर्थतन्त्र पूरै पराश्रित बनेको उनले बताएका छन्। ‘बाच्छाले साँढेसँग जुध्न नसके झैँ हिजो औद्योगिक वस्तुमा परनिर्भर भएका हामी अब कृषिजन्य वस्तुमा पनि परनिर्भर बन्दैछौँ’, उनले लेखेका छन्।

नेपालको औसत प्रतिव्यक्ति आय विश्वको भन्दा १० गुना कम रहेको भन्दै उनले यसलाई विश्वको हाराहारीमा पुर्‍याउन केही दशक निरन्तर दुई अंकको वृद्धिदर चाहिने उल्लेख गरेका छन्। सुगौलीसन्धि यता नेपालको वैदेशिक व्यापार घाटा निरन्तर बढ्दै गएर १५ गुना नाघेको उनको दाबी छ। ‘नेपालका उद्यमी व्यवसायीहरूको छाता संगठनको राष्ट्रिय सम्मेलनको संघारमा टाउकाको ओखती नाइटामा भने झैं अर्थतन्त्रका तत्कालीन र सतही कुरामा भन्दा रणनीतिक र संरचनात्मक रूपान्तरणका मुद्दामा विमर्श केन्द्रित गरौं’ उनले सुझाव दिएका छन्।

‘हाम्रो ४० वर्षको औसत वृद्धिदर ४ प्रतिशत वरपर मात्र छ! जबकि हाम्रा छिमेकी र अरू एसियाली देशले यो वीचमा ठूलो फड्को हानिसके’, उनले भनेका छन्।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  १० : ५० बजे

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका