सरकारको न्यूनतम साझा कार्यक्रम बेलुकी ५ बजे सार्वजनिक गर्ने गठबन्धनको निर्णय « Khabarhub

सरकारको न्यूनतम साझा कार्यक्रम बेलुकी ५ बजे सार्वजनिक गर्ने गठबन्धनको निर्णय


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम आज बेलुका ५ बजे सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान बसेको गठबन्धन बैठकले बेलुका ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमबारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको छ । यद्यपि, केही सुझाव भए बेलुका ५ बजेसम्म दिन भनिएको उनले बताए ।

गठबन्धनले गठन गरेको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमलाई अनुमोदन गर्न बैठक बसेको थियो ।

सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न कांग्रेस कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले बनाइएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ११ : ४६ बजे

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ– खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार

खाद्यको नेपालगञ्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

राँझा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९