सेयर बजार ८.२८ अंकको गिरावट « Khabarhub

सेयर बजार ८.२८ अंकको गिरावट


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक ८.२८ अंकले ओरालो लागेर १८६६.७९ को बिन्दुमा आएर रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ अंकले घटेर ३५३ विन्दुमा पुगेको छ। यसअघि बुधबारको कारोबारमा भने नेप्से परिसूचक ८.३९ अंकले उकालो लागि १८७५ विन्दुमा अडिएको थियो । सोही दिन ८१ करोड ६० लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार कूल २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको छ। यसैगरी, नेप्से सुचकमा ४८ कम्पनीमा वृद्धि भएको छ । १६५ कम्पनीमा ओरालो लागेको र ५ कम्पनी स्थिर रहेको छ । 

त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ४ करोड ९२ लाखको कारोबार गरेको छ । नेपाल रिइन्सयोरेन्स कम्पनी दोश्रो स्थानमा छ । उक्त कम्पनीले २ करोड ९६ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । 

बिहीबार १३ उपसूचक मध्ये ३ कम्पनी बाहेक सबै कम्पनी ओरालो लागेको छ । बैंकिङ सवइन्डेक्स, निर्जीवन बिमा र निर्माण ट्रेडिङ सूचक कम्पनीमा सामान्य वृद्धि भएको छ । ओरालो लागेको कम्पनीहरू मध्ये सबैभन्दा धेरै विकास बैंक, फाइनान्स र हाइड्रोपावर सुचकको १ प्रतिशतले ओरालो लागेको हो । 

आजको कालिन्चोक दर्शन र सिटिजन म्युचुअल फण्डको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ३ : ५४ बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन