सेयर बजार ८.२८ अंकको गिरावट | Khabarhub Khabarhub

सेयर बजार ८.२८ अंकको गिरावट


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक ८.२८ अंकले ओरालो लागेर १८६६.७९ को बिन्दुमा आएर रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ अंकले घटेर ३५३ विन्दुमा पुगेको छ। यसअघि बुधबारको कारोबारमा भने नेप्से परिसूचक ८.३९ अंकले उकालो लागि १८७५ विन्दुमा अडिएको थियो । सोही दिन ८१ करोड ६० लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार कूल २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको छ। यसैगरी, नेप्से सुचकमा ४८ कम्पनीमा वृद्धि भएको छ । १६५ कम्पनीमा ओरालो लागेको र ५ कम्पनी स्थिर रहेको छ । 

त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ४ करोड ९२ लाखको कारोबार गरेको छ । नेपाल रिइन्सयोरेन्स कम्पनी दोश्रो स्थानमा छ । उक्त कम्पनीले २ करोड ९६ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । 

बिहीबार १३ उपसूचक मध्ये ३ कम्पनी बाहेक सबै कम्पनी ओरालो लागेको छ । बैंकिङ सवइन्डेक्स, निर्जीवन बिमा र निर्माण ट्रेडिङ सूचक कम्पनीमा सामान्य वृद्धि भएको छ । ओरालो लागेको कम्पनीहरू मध्ये सबैभन्दा धेरै विकास बैंक, फाइनान्स र हाइड्रोपावर सुचकको १ प्रतिशतले ओरालो लागेको हो । 

आजको कालिन्चोक दर्शन र सिटिजन म्युचुअल फण्डको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ३ : ५४ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा