सरकारका सय दिन उपलब्धीहिन भएको सांसद पन्तकाे टिप्पणी  « Khabarhub

सरकारका सय दिन उपलब्धीहिन भएको सांसद पन्तकाे टिप्पणी 


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धीहिन भएको टिप्पणी गरेका छन् ।

आज  प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले सय दिनमा देखिने गरी कुनै काम गर्न नसकेको आरोप लगाएका हुन् । उनले भने, ‘सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो।’ 

सरकारले १०० दिनको उपलब्धि भनेर ३७ बुँदा सार्वजनिक गरे पनि त्यसमा उल्लेखनीय केही पनि नभएको पन्तले बताए ।

‘३७ बुँदा पढ्दा के पढेको केही पनि बुझिँदैन । एउटासँग विवाह गर्यो अनि अर्कासँग पोइला गयो । वरिपरि आठ नौ भाइ जम्मा गरेर टिकेको यो सरकार सय दिन नाघिसक्दा मन्त्रिपरिषद् त बनाउन सकेको छैन’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आफ्नो सय दिनको कार्यकालमा नेपालमा कति बालबालिका जन्मे, कति मिलिलिटर पानी पर्यो र कति पटक घाम लाग्यो लगायतका कुरा लेख्न छुटाएको उनको टिप्पणी छ । 

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ४ : २२ बजे

ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको

वृद्धमाथि अभद्र व्यवहार गर्ने पक्राउ परेपछि गृहमन्त्रीले भेटेर भने– ‘म निदाउनै सकिनँ’

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत