खेलकुदले मित्रता बढाउँछ : ओली « Khabarhub

खेलकुदले मित्रता बढाउँछ : ओली


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रलाई उपेक्षा नभई थप महत्त्व दिनुपर्ने बताएका छन् । उनले खेल क्षेत्रबाट राष्ट्रिय पहिचानलाई थप उज्यालो गरी देखाउन सकिने उल्लेख गर्दै खेलाडीलाई सरकारले थप प्रोत्साहन गर्नुपर्नेसमेत बताए ।

विश्व खेलकुद दिवसका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको दोस्रो साधारणसभाको आज बुद्ध जन्मस्थल लुम्बिनीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले खेलकुद जीवनका लागि अपरिहार्य भएको र खेलकुदले मित्रता र आत्मीयता अभिवृद्धिको काम गर्ने बताए । उनले भने, ‘विपक्षीसँग खेल्दा सम्बन्ध सुधार हुन्छ । बिग्रेको मित्रता सुध्रिने, नभएको मित्रता प्राप्त हुन्छ ।’

उनले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वस्थ बनाउने मात्र नभएर असल राजनीतिक संस्कारसमेत सिकाउने बताए। अध्यक्ष ओलीले विपक्षीसँग कसरी मित्रवत् बन्ने र स्वस्थ प्रतिस्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने भन्ने खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट रहने बताए । उनले आफूले खेल क्षेत्रको विकास र पूर्वाधार निर्माणलाई सधैँ प्राथमिकता दिएको भन्दै खेलसम्बद्ध संस्थाहरूले पनि राज्यलाई झकझकाउनुपर्ने बताए ।

कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद मार्गनिर्देश गरेको विचारबाट एकेडेमीले आफ्ना कार्यक्रम अघि बढाउँदा नयाँ-नयाँ उपलब्धि र कीर्तिमान कायम गर्ने विश्वास व्यक्त गरे ।

उनले देशभरि नै खेलकुद पूर्वाधार निर्माणका लागि एमालेले नेतृत्व गरेको चर्चा गर्दै खेलकुदको विकास, खेलाडीको सम्मानका लागि एमालेले अगुवाइ गरेको बताए। उनले सुरु भएका खेलकुद पूर्वाधारहरू सकिँदा धेरै खेलाडीलाई खेल अभ्यास र प्रतिस्पर्धामा सहज हुँदै जाने बताए। खेलेर पनि उत्कृष्ट जीवनयापन गर्न सकिन्छ भन्ने बनाउन खेलाडीको हैसियत बढाउने काममा पनि राज्यले लगानी बढाउनुपर्ने उनले बताए ।

कार्यक्रममा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले एकेडेमीले सबै विधाका खेलकुदको विकासका लागि संगठन माध्यमबाट कार्यक्रम सञ्चालन गरिँदै आएको बताए। उनले खेलकुदको विकासका लागि जुनियर खेलाडी उत्पादनदेखि तहगत प्रतिस्पर्धालाई अगाडि बढाएको बताए ।

 त्यस अवसरमा एकेडेमीले आज बिहान आयोजना गरेको लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगिताका विजयी प्रतियोगीलाई पुरस्कार तथा सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ५ : ४२ बजे

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका