सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

सप्तरी – बोदेवरसाइन नगरपालिका २ बेलहानजिक विसनपुर स्वर्णपट्टी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परेर बोदेवरसाइन नगरपालिका– ५ भाटीनका १७ वर्षीय सागर पण्डितको मृत्यु भएको हो ।

विसनपुरबाट बोदेवरसाइनतर्फ आउँदै गरेको बा १७ प ९४७५ नम्बरको मोटरसाइकल बोदेवरसाइन-२ वैरियामा अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सागर पण्डित र १५ वार्षीय सुमित पण्डित घाइते भएका थिए ।

उनीहरुलाई तत्काल वरसाइन स्थित जीवनज्योति अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा मोटरसाईकल चालक सागरको मृत्यु भएको र मोटरसाइकल पछाडि सवार १५ वार्षीय सुमित पण्डितको उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन ।

 

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ८ : ४६ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका