नेपालगञ्ज उपमहानगरपालिकालाई विपत् व्यवस्थापन सामग्री | Khabarhub Khabarhub

नेपालगञ्ज उपमहानगरपालिकालाई विपत् व्यवस्थापन सामग्री


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर प्रोजेक्ट) ले आज नेपालगञ्ज उपमहानगरपालिकालाई विपत् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा विपत् व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको सुपरले विपत् व्यवस्थापन, कार्यालय व्यवस्थापन तथा आगलागी नियन्त्रणका लागि अत्यावश्यक सामग्री हस्तान्तरण गरेको हो ।

युनिसेफ नेपालकी आपत्कालीन विशेषज्ञ सुनिता कायस्थले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई विपत् व्यवस्थापनजन्य सामग्री हस्तान्तरण गरेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । रु २६ लाख ४८ हजार मूल्य बराबरका ड्रोन, खोज तथा उद्धार सामग्री, सूचना प्रविधि र कार्यालय व्यवस्थापनसम्बन्धी सामग्री, अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरिएको हो ।

सामग्री हस्तान्तरणअघि युनिसेफका प्रतिनिधिहरुसँगको छलफलमा नगर प्रमुख विष्टले सुपरसँगको सहकार्यले विपत् व्यवस्थापनका क्षेत्रमा अझ गहिरो ढङ्गले काम गर्न सहयोग पुगेको भन्दै उपमहानगरपालिकले विपत्लाई प्राथमिकतामा राखेको बताए ।

उनले सुपरसँगको सहकार्यपछि विपत् जोखिम न्यूनीकरणका क्षेत्रमा एक कदम अघि बढेको महसुस आफूले गरेको उल्लेख गरे ।

युनिसेफकी आपत्कालीन विशेषज्ञ कायस्थले नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य गरेर विपत् व्यवस्थापनका लागि प्राविधिक सहयोग गर्न पाउँदा गर्व महसुस भएको बताए । उनले विपत् व्यवस्थापनका लागि सुपरसँगको सहकार्यमा नेपालगञ्जले गरिरहेका गतिविधि र सचेतनाबारे नागरिकमा राम्रो बुझाइ रहेको आफूले पाएको समेत उल्लेख गरे ।

कायस्थले हस्तान्तरणमा प्रतिकार्यमा मात्रै बजेट केन्द्रित गर्ने परम्परागत अभ्यासलाई सच्याउँदै न्यूनीकरणका लागि गरिने पूर्वतयारीमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

युरोपेली युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सुपर प्रोजेक्ट सञ्चालनमा छ । नेपालगञ्जको वडा नम्बर ३ र ७ मा सुपर प्रोजेक्ट सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  १० : १७ बजे

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा