पाकिस्तानी विदेशमन्त्री आतंकवाद उद्योगको प्रवर्द्धक र प्रवक्ता : एस जयशंकर « Khabarhub

पाकिस्तानी विदेशमन्त्री आतंकवाद उद्योगको प्रवर्द्धक र प्रवक्ता : एस जयशंकर


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्ना पाकिस्तानी समकक्षी बिलावल भुट्टो जर्दारीलाई ‘आतंकवाद उद्योगको प्रवर्द्धक र प्रवक्ता’ को संज्ञा दिएका छन् ।

सांघाई सहयोग संगठनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन भारतको गोवा पुगेका पाकिस्तानी विदेशमन्त्रीलाई जयशंकरले यस्तो संज्ञा दिएका हुन् ।

एस जयशंकरले भने, ‘भुट्टो जर्दारी एससीओ सदस्य देशको विदेशमन्त्रीको रूपमा आएका थिए, यो बहुपक्षीय कूटनीतिको हिस्सा हो र हामीले योभन्दा बढी केही देख्दैनौं ।’

आतंकवादविरुद्ध सामूहिक सामना गर्नेबारे पाकिस्तानी विदेशमन्त्रीको आह्वानमा उनले भने, ‘आतंकवादका पीडितहरू आतंकवादको बारेमा छलफल गर्न बसेका छन्, उनीहरु पीडकहरूसँग बस्दैनन् ।’ उनले जम्मु कश्मीर भारतको हिस्सा रहेको समेत बताए ।

सन् २०१४ पछि भारतमा पाकिस्तानबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण हो ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  १० : ५४ बजे

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार