मनाङमा पाठ्यपुस्तक पुर्‍याउनै सकस « Khabarhub

मनाङमा पाठ्यपुस्तक पुर्‍याउनै सकस


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मनाङ- हिमाली जिल्ला मनाङ विकट क्षेत्र भएकाले यहाँका बालबालिकालाई शिक्षा आर्जन गर्न सकस पर्ने गर्दछ । विस्तारै शिक्षाको पहुँच पुगेको मनाङका विकट स्थानमा पुस्तक पुग्नै समय लाग्छ ।

विद्यालयमा पुस्तक पुर्‍याउन पुस्तक पसलमार्फत टेण्डरमा ल्याउनुपर्ने भएकाले अझ पुस्तक ढिला गरी आउन थालेको छ । विद्यालयले ल्याउने गरेको अवस्थामा केही छिटो पुस्तक विद्यालय र विद्यार्थीको हातमा पुग्ने गरे पनि टेण्डरका कारण ढिला हुने गरेको अभिभावक बताउँछन् ।

पुस्तक ल्याउने डिपो जिल्लामा नहुँदा पनि अझ समस्या भएको अभिभावकको भनाइ छ । विद्यालयमा पुस्तक आउँदा विद्यालयले विद्यार्थीको हातमा छिटो आउने गरे पनि अहिले ढिला भएको उनीहरुको भनाइ छ । मनाङको नार्पाभूमि गाउँपालिकाका विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन सकस भएको छ ।

हाल मनाङमा मौसम प्रतिकूलताले गर्दा पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पुर्‍याउन सकस भएको फु आधारभूत विद्यालयका प्रधानाध्यापक मुखिया विकले जानकारी दिए । “मोटरेवलस्थलमार्ग नहुँदा खच्चडमार्फत पाठ्यपुस्तक ढुवानी हुन्छ, तर अहिले यहाँ मौसम प्रतिकूल छ, खच्चडमार्फत पाठ्यपुस्तक लैजाने क्रममा रुझ्ने र च्यातिने समस्या हुन्छ”, प्रधानाध्यापक विकले भने ।

प्लाष्टिकमै छोपेर लैजाँदासमेत खच्चडबाट लगिदा रुझ्ने र पुरानो पुस्तक विद्यार्थीलाई दिइएकोजस्तो पनि देखिने गरेको उनले बताए । जिल्लामा नै ढिला गरी आएको पुस्तक विद्यार्थीको हात हातमा पुर्‍याउन अझ सकस हुने गरेको उनको भनाइ छ ।

मनाङका लागि पाठ्यपुस्तक लमजुङको सुन्दरबजार नगरपालिकास्थित भोटेओडारको सापकोटा पुस्तक पसलबाट ल्याउनुपर्ने हुन्छ ।

पब्लिकेशनले पाठ्यपुस्तक समयमा नै पुर्‍याएको दाबी गर्दै आएपनि मनाङमा नै एक महिना ढिला गरी पुस्तक आइपुगेको छ । चैत महिनादेखि नै कक्षा सञ्चालन भएको मनाङका विद्यार्थीले एक महिना पाठ्यपुस्तक बिना नै अध्ययन गरिरहेका थिए ।

हाल जिल्लामा केही छिटफुट बाहेक अन्य पाठ्यपुस्तक आइसकेको लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले जानकारी दिए । “कक्षा सञ्चालन भएको एक महिना पछि मात्रै पाठ्यपुस्तक आएको छ, त्यही पनि पुरा भने आइसकेको छैन”, उनले भने ।

मनाङमा २८ मध्ये चार विद्यालयमा माध्यमिक तहसम्म अध्यापन हुन्छ । जसमा अन्नपूर्ण, भानु, लोकप्रिय र प्रकाशज्योति मावि छन् । लोकप्रिय र प्रकाशज्योति माविमा आवासीय पठनपाठनको व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ११ : ०९ बजे

राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र

राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक

सरकारले कहिले बोलाउँछ बजेट अधिवेशन ?

काठमाडौँ- धमामध अध्यादेश ल्याइरहेको सरकार संसद्को बर्खे अर्थात् बजेट अधिवेशन

हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयको विज्ञहरूसँग परामर्श

काठमाडौं– बदलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक सवारी