भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै दबाबको पनि सामना गरिन्छ : प्रधानमन्त्री  « Khabarhub

भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै दबाबको पनि सामना गरिन्छ : प्रधानमन्त्री 


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला-ठूला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठूलो घेराबन्दी र दबाबको सामना गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको छैटौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीको फाइल खोल्ने कामको अहिले सुरुवात मात्रै भएको भन्दै ठूला-ठूला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठूलो घेराबन्दी र दबाबको सामना गर्ने बताएका हुन् । उनले भ्रष्टाचारीको फाइल खोल्ने कामबाट आफू कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पारे । 

प्रधानमन्त्री प्रचण्डले यसअघि सरकारमा बसेकाहरू र भुटानी शरणार्थीहरूका रुपमा नेपालीहरूलाई बेच्नेले नै आफू र माओवादीप्रति निरन्तर प्रहार गरेको जिकिर गरे । उनले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकतामा रहेको रहेको भन्दै सुशासन कायम गर्ने चुनौति निकै ठूलो रहेको धारणा राखे  । लामो समय देखिएको गलत कार्यशैली र संस्थागत भ्रष्टाचार कारण मुलुकमा आर्थिक समस्या आएको भन्दै यसको समाधानका लागि सुशासन कायम गर्नै पर्ने उनले बताए  । 

प्रचण्डले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धता र परिवर्तन उल्टाउने कसरत अहिले पनि भइरहेको उल्लेख गरे । त्यस्तै प्रधानमन्त्री प्रचण्डले भूमि अधिकार दलितहरूको अधिकारसँग जोडिएको विषय भएकाले समय तोकेर नै केही समयभित्रै समाधान गर्ने प्रयास गर्ने पनि बताए । माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले माओवादी क्रान्ति परै जितेर नभई सम्झौता र सहमति गरेर सरकारमा आएकाले विशेषाधिकारको लडाइ जारी रहेको र संविधान संशोधन गरेर दलित लगायत पछि परेकाहरूको अधिकार स्थापित गर्न आफू लागि परेको बताए । 

प्रचण्डले अहिले माओवादीलाई ३२ सिटे भनेर व्यङ्ग्य गर्ने गरेको भन्दै अर्को निर्वाचनमा बहुमत ल्याएर नेपाललाई कब्जा गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ३ : ४३ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १