भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै दबाबको पनि सामना गरिन्छ : प्रधानमन्त्री  | Khabarhub Khabarhub

भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै दबाबको पनि सामना गरिन्छ : प्रधानमन्त्री 


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला-ठूला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठूलो घेराबन्दीदबाबको सामना गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको छैटौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीको फाइल खोल्ने कामको अहिले सुरुवात मात्रै भएको भन्दै ठूला-ठूला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठूलो घेराबन्दीदबाबको सामना गर्ने बताएका हुन् । उनले भ्रष्टाचारीको फाइल खोल्ने कामबाट आफू कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पारे । 

प्रधानमन्त्री प्रचण्डले यसअघि सरकारमा बसेकाहरूभुटानी शरणार्थीहरूका रुपमा नेपालीहरूलाई बेच्नेले नै आफू र माओवादीप्रति निरन्तर प्रहार गरेको जिकिर गरे । उनले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकतामा रहेको रहेको भन्दै सुशासन कायम गर्ने चुनौति निकै ठूलो रहेको धारणा राखे  । लामो समय देखिएको गलत कार्यशैली र संस्थागत भ्रष्टाचार कारण मुलुकमा आर्थिक समस्या आएको भन्दै यसको समाधानका लागि सुशासन कायम गर्नै पर्ने उनले बताए  । 

प्रचण्डले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धता र परिवर्तन उल्टाउने कसरत अहिले पनि भइरहेको उल्लेख गरे । त्यस्तै प्रधानमन्त्री प्रचण्डले भूमि अधिकार दलितहरूको अधिकारसँग जोडिएको विषय भएकाले समय तोकेर नै केही समयभित्रै समाधान गर्ने प्रयास गर्ने पनि बताए । माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले माओवादी क्रान्ति परै जितेर नभई सम्झौता र सहमति गरेर सरकारमा आएकाले विशेषाधिकारको लडाइ जारी रहेको र संविधान संशोधन गरेर दलित लगायत पछि परेकाहरूको अधिकार स्थापित गर्न आफू लागि परेको बताए । 

प्रचण्डले अहिले माओवादीलाई ३२ सिटे भनेर व्यङ्ग्य गर्ने गरेको भन्दै अर्को निर्वाचनमा बहुमत ल्याएर नेपाललाई कब्जा गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ३ : ४३ बजे

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे

भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?

काठमाडौं– आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

गलकोट– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प

डेङ्गुप्रति सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउन