प्रथम चक्रबहादुर ठकुरी स्मृति तेक्वान्दो प्रतियोगिताको उपाधि नेप्लिजलाई « Khabarhub

प्रथम चक्रबहादुर ठकुरी स्मृति तेक्वान्दो प्रतियोगिताको उपाधि नेप्लिजलाई


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि  नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले हात पारेको छ । ८ स्वर्ण, ७ रजत र १ कांस्य जित्दै एनटीए समग्रमा एनटीए टिम च्याम्पियन बनेको हो ।

श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालद्वारा आयोजित प्रतियोगितामा  ३ स्वर्ण, ४ रजत र ४ कांस्यसाथ चन्द्रागिरी दोश्रो भयो। तेश्रो स्थानमा चित्त बुझाएको एम्बासडरले समान ३–३ स्वर्ण, रजत र कांस्य जितेको छ ।

गोकर्णेश्वर नगरपालिकाको प्रायोजन तथा गोकर्णेश्वर नगर खेलकुद विकास समिति र गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा भएको प्रतियोगिताको पुरुषमा एनटीएका भिजन तामाङ तथा महिलामा कोटेश्वरकी इशिका राणा उत्कृष्ट खेलाडी घोषित भए। 

भिजनले एकल पुम्से र ३२ केजीमुनि तथा इशिकाले ५० केजीमुनि स्वर्ण जिते। दुवैले जनही ५ हजार नगद पुरस्कार हात पारेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ७ : ५४ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन